सुरक्षितसाथ लड्ने तरिका

7,340 भ्यु

जुडोचाहिँ दुई जना खेलाडीहरूले एक-अर्काको हात समाउँदै विपक्षीको शक्ति प्रयोग गरेर एक-अर्कालाई हुत्त्याउने, पछार्ने, थिच्ने अथवा धकाल्ने खेल हो । जुडो सिकाइँदाखेरि सबैभन्दा पहिला, आक्रमण गर्ने तरिकाभन्दा पनि ब्रेक फल्स(break-falls, लड्ने तरिका) अभ्यास गराइन्छ । ब्रेक फल्स भनेको विपक्षीले एक्कासि हुत्याउँदा अथवा लडाउँदा शरीरलाई जोगाउने तरिका हो ।

ब्रेक फल्स सिक्ने प्रक्रिया सजिलो छैन । पूरै शरीरमा चोटपटक लाग्न र हानि पुग्न सक्छ, अनि बानी नपरुञ्जेल बारम्बार दोहोऱ्याइरह्यो भने थकित बन्न पुगिनेछ । ब्रेक फल्सचाहिँ विपक्षीलाई हुत्याएर वा ऊसँग कुस्ती लडेर उसलाई हराउने सीप होइन । खेलाडीहरूले लामो समयसम्म अभ्यास गर्नुको कारणचाहिँ गम्भीर चोटपटक लाग्नबाट जोगाउनको निम्ति हो । लडियो भने पनि चोटपटक नलाग्ने गरी लड्नुपर्छ र रोली-पोली खेलौनाजस्तै फेरि उठेर कुस्ती खेल्नुपर्छ । तब बल्ल जित हासिल गर्न सकिनेछ ।

यहाँहरू आफूले चाहेजस्तो नहुँदा निरुत्साहित नहुनुहोस् । योचाहिँ विभिन्न किसिमका ब्रेक फल्सहरू सिक्ने प्रकिया मात्र हो । समय बित्दैजाँदा यहाँहरूले आफू अझ बलियो बनेको पाउनुहुनेछ, अनि एक न एक दिन अवश्य नै उत्कृष्ट जित हासिल गर्नुहुनेछ ।