WATV.org is provided in English. Would you like to change to English?

भाषा चयन गर्नुहोस् ।

Close

बाघ बनाउने तरिका

13,199 भ्यु
लेख सुन्नुहोस् 3:17

धेरै पहिले, शत्रु राष्ट्रमा बन्धकका रूपमा राजकुमारसँग जानका लागि एक जना शाही अधिकारीलाई नियुक्त गरियो । प्रस्थान गर्नुअघि, ती अधिकारीले राजासँग यसो भने,

“यदि एकजना मानिसले दौडँदै आएर बजारमा बाघ देखा पऱ्यो भनेर भन्यो भने, के तपाईं विश्वास गर्नुहुन्छ ?”

“अँहँ, म विश्वास गर्दिनँ ।”

“यदि दुई जना मानिसले उस्तै कुरा बताए भने नि ?”

“त्यसो भए पनि म विश्वास गर्दिनँ ।”

“अनि यदि ३ जना मानिसले बाघ देखेको कुरा दाबी गरे भने नि ?”

“त्यसो हो भने त, मैले विश्वास गर्नैपर्ने हुन्छ ।”

“बजारमा बाघ नभए पनि, यदि तीन जनाले छ भनेर बताए भने मानिसहरूले विश्वास गर्छन् । त्यसैले, यदि कसैले मेरो विरुद्धमा झूटा कुराहरू गरे भने पनि, कृपया मप्रति दया गर्नुभएर होहल्लाको पछि नलाग्नु हुन बिन्ती गर्दछु ।”

यहीँबाट साम-इन-सङ-हो((三人成虎)) भन्ने उखानको उत्पत्ति भएको हो, जसको अर्थ तीन जना मिलेर बाघ बनाउन सक्छन् भन्ने कुरा हो । कुनै गलत नियत नभए पनि अनिश्चित वा अप्रमाणित जानकारी फैलाउँदा झुटलाई सत्यमा परिणत गर्न सकिन्छ । थाहै नपाई तपाईंले बनाउन सहयोग गरेको बाघ शक्तिशाली र भयावह बन्न सक्छ ।

बाघ बनाउने तरिका

3:17
0:00 3:17

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।