“त्यस्तै हुन्छ भन्ने मलाई थाहा थियो !”

21,503 भ्यु
लेख सुन्नुहोस् 3:30

कुनै घटना हुनुअगावै त्यस विषयमा पहिल्यै देख्ने क्षमतालाई दूरदर्शिता भनिन्छ । यसको ठीक विपरीत, ‘पश्चदृष्टि प्रभाव(hindsight effect)’ भन्ने एउटा मनोवैज्ञानिक अवस्था पनि छ । योचाहिँ घटेको कुनै घटनाको विषयमा पहिल्यै थाहा भएझैँ गरी देखाउने प्रवृत्ति हो ।

पहिलो चोटि गएको रेस्टुरेण्टको खाना आफ्नो स्वादअनुसार भएन भने, “मीठो हुन्न भन्ने मलाई पहिल्यै थाहा थियो” भन्ने गर्छौं, अनि कसैले गल्ती गऱ्यो भने, “त्यस्तो हुन्छ भन्ने मलाई पहिल्यै थाहा थियो” भन्ने गर्छौं । कुनै ठूलो दूर्घटना हुँदाखेरि, त्यो कसैले जानीबुझीकन गरेको षड्यन्त्र थियो भन्ने प्रेसको रिर्पोटजस्ता कुराहरूलाई पश्चदृष्टि प्रभाव भन्न सकिन्छ । अझ रोचक कुराचाहिँ, मानिसहरू आफूले त्यो हुन्छ भनेर पहिल्यै अनुमान नलगाएको वा त्यो हुनुभन्दाअघि विपरीत अनुमान लगाएको भए पनि उही कुरा भन्ने गर्छन् ।

तिनीहरूले प्रायः यस्तै मनोवृत्ति लिइरहे भने तिनीहरूले आफ्नै निर्णयलाई विश्वास गरेर आफूमा दूरदृष्टि क्षमता भएको भ्रममा पर्न सक्छन् । जस्तोसुकै परिणाम देखा परे पनि पछि गएर सबै कुरा स्पष्ट गरी देख्न सकिन्छ । हामीले पश्चदृष्टिबाट सोच्नुभन्दा सधैँ नम्र मनद्वारा विगतका कुराहरूबाट शिक्षा लिने मन लिनुपर्छ ।

“त्यस्तै हुन्छ भन्ने मलाई थाहा थियो !”

3:30
0:00 3:30

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।