लाइबिगको न्यूनतमको नियम

11,107 भ्यु

‘लाइबिगको न्यूनतमको नियम(Liebig’s Law of minimum)’ भन्ने एउटा नियम छ । एक जर्मन रसायनविद्, जस्टस भोन लाइबिगद्वारा घोषित यो नियमले, बोटबिरुवाको वृद्धि गराउनको निम्तिचाहिँ पर्याप्त मात्रामा पाइने स्रोतहरू होइन, तर एकदम दुर्लभ स्रोतहरूको खाँचो पर्छ भनी जानकारी दिँदछ । थुप्रै काठका फल्याकहरूद्वारा बनेको गोलाकार ढ्वाङले यो नियमलाई वर्णन गर्न सक्छ : असमान लम्बाइका फल्याकहरूद्वारा बनेको ढ्वाङको क्षमताचाहिँ सबैभन्दा छोटो फल्याकमा निर्भर हुने भएजस्तै कुनै बोटबिरुवाको वृद्धि पनि सबैभन्दा कम मात्रामा आपूर्ति हुने पोषक तत्वमा निर्भर हुन्छ ।

मानिस जतिसुकै स्वस्थ भए पनि यदि उसको कुनै एउटा अङ्ग ठीक छैन भने त्यो अङ्गले उसको आयु नै घटाइदिन्छ । अनि जतिसुकै तीक्ष्ण विद्यार्थी भए पनि यदि उसले कुनै एउटा विषयमा राम्रो अङ्क ल्याएन भने उसको पढाइको ग्रेड(स्तर) नै तल झर्छ । प्रेम पनि उस्तै हो जस्तो लाग्छ । बलिदान, भद्रता, नम्रता, विचारशीलता, शान्ति, त्याग, धैर्यता, आत्म-संयम, एकता … यीमध्ये कुनै एउटाको मात्र कमी भयो भने हामीले पूर्ण प्रेम हासिल गर्न सक्नेछैनौं ।

तसर्थ प्रेम पूर्ण हासिल गर्नको निम्ति ममा केको कमी छ भन्नेबारे हामीले सोच्नुपर्छ, अनि भरिपूर्ण भएको पक्षभन्दा कमी भएको पक्षमा अझ ध्यान दिएर त्यसलाई भर्नुपर्छ ।