
एक जना आमाले आफ्नो ६ जना छोराछोरीहरूलाई राम्ररी हुर्काएर अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयमा पठाइन् । उनी आफ्ना पति र दुई छोराहरूसँगै ‘विगत १०० वर्षमा अमेरिकामा सबैभन्दा धेरै योगदान पुर्याउने १०० कोरियालीहरू’ मध्ये एकको रूपमा छनोट भइन् । ती आमाको एउटा अनौठो शैक्षिक नीति थियो । उनले आफ्नो बच्चालाई मात्र नभएर अरूको बच्चालाई पनि राम्ररी हुर्कायो भने सबैजना सही रूपमा विकास हुन सक्छन् भन्ने धारणा लिएकी थिइन् । त्यसैले, उनले आफ्ना छोराछोरी एक्लै नपढून् तर आफ्ना साथीहरूलाई पनि सँगै पढ्नको लागि आफ्नो घरमा ल्याऊन् भन्ने हेतुले आफ्नो सानो घरमा १८ वटा डेस्क ल्याइन् । उनले आफ्ना छोराछोरीहरूलाई, अरूलाई सहयोग गर्नको लागि पहिला आफूले चाहेको क्षेत्रमा उत्कृष्ट हुनुपर्छ भनेर सिकाइन्, र राम्ररी अध्ययन गर्नका लागि प्रोत्साहन गरिन् ।
आफ्ना छोराछोरीले प्रतिष्ठित विश्वविद्यालयबाट स्नातक गरेको वा उच्च पदमा पुगेर सफलता प्राप्त गरेको कुरामा उनले गर्व गरिनन् तर आफ्नो छोराछोरीले आफूभन्दा पहिले अरूको बारेमा सोच्दै सँगै मिलेर जिउने जीवनको बारेमा चिन्तन गर्ने व्यक्तिको रूपमा हुर्किएकोमा गर्व गरिन् । यी ६ जना छोराछोरीहरू उत्कृष्ट रूपमा हुर्किनुको पछाडि आमाको ठूलो प्रभाव थियो । स्वार्थ र कडा प्रतिस्पर्धाको संसारमा केवल आफ्नो सफलताको मात्र ख्याल राख्नेहरूका लागि, यी आमाको कथाचाहिँ साँचो सफलता अरूसँग मिलेर बढ्दा मात्र हुन्छ भन्ने कुरा महसुस गर्ने एउटा उत्कृष्ट उदाहरण हुन सक्छ ।