
इन्द्रेणी गोलाकार हुन्छ ?
अविश्वसनीय लागे तापनि यो कुरा सत्य हो ।
पहाड वा जमिनले गर्दा अस्पष्ट देखिने भएकोले भूमिको सतहबाट हेर्दा इन्द्रेणीको आधा भाग मात्र देखिन्छ तर हवाइजहाजबाट हेर्दा गोलाकार देखिन्छ ।
भोजनमा रुचि नदिने वा डराउने एनोरेक्सिया भएका मानिसहरूले आफूलाई वास्तविकताभन्दा मोटो ठान्छन् । लन्डनको एक अस्पतालका डाक्टरले युवा एनोरेक्सिया रोगीहरूको मस्तिष्क स्क्यान गरेर दृष्टि नियन्त्रण गर्ने मस्तिष्कको भागमा रगत प्रवाह कमजोर भएको कुरा पत्ता लगाए ।
देखिने कुरालाई मात्र विश्वास गर्दा हतारमा निर्णय लिन पुगिन्छ । केवल केही भाग मात्र हेरेर त्यसलाई सम्पूर्ण कुरा हो भनी सोच्नु वा गलत दृष्टिकोणबाट हेरेर अवास्तविकतालाई वास्तविकता भनी विश्वास गर्नु वा वास्तविकतालाई अवास्तविकता भनेर सोच्नुचाहिँ गलत हो ।
“सुन्दर दृष्टिकोणले हेर्ने मनमा घृणा हुँदैन, र त्यसले पूर्ण प्रेम जगाउँछ ।”
घृणा नभएको सुन्दर मन लिनका लागि सबैभन्दा पहिला सुन्दर दृष्टिकोणले हेर्नुपर्छ ।
सुन्दर दृष्टिकोणबाट हेर्ने मनद्वारा प्रेमको व्यवस्था पूरा हुन्छ ।