WATV.org is provided in English. Would you like to change to English?

न्याप्किनमा लेखिएको प्रेम

10,015 भ्यु
본문 읽기 3:44
현재 언어는 음성 재생을 지원하지 않습니다.

एक अमेरिकी परिवारका प्रमुख रहेका गर्थ क्यालाग्हान आफ्नी छोरीको टिफिन बक्स तयार गरिदिने मायालु बुबा हुन् । उनले हरेक दिन टिफिन बक्सको न्याप्किनमा असल भनाइ वा लेखजस्ता कुराहरू लेखेर छोरीप्रतिको आफ्नो प्रेम व्यक्त गर्छन् । तर एक दिन उनमा क्यान्सर देखियो । केही शल्यक्रिया र पुनरावृत्तिद्वारा क्यान्सरसँग लड्ने क्रममा छोरी एम्माको स्नातक समारोह पनि देख्न नपाईकन मरिने हो कि भन्ने चिन्ताले उनलाई पिरोल्यो । यसकारण उनले छोरीलाई स्नातक तह उत्तीर्ण गर्ने समयसम्मको लागि पर्याप्त हुने गरी ८२६ वटा न्याप्किन नोटहरू अग्रिम रूपमा लेखे ।

“प्रिय एम्मा, कहिलेकहीँ मलाई चमत्कार आवश्यक पर्दा म तिम्रो आँखामा हेर्ने गर्छु । तब मैले पहिल्यै एउटा चमत्कार पूरा गरिसकेको महसुस हुन्छ ।” “प्रकाशको एक झुल्कोले मात्र पनि अन्धकार मेटाइदिन्छ ।” “खेलमा नउत्रीकन जित हासिल गर्न सकिँदैन ।” “असली साहस जहिले पनि आपद्को पछाडि लुकेको हुन्छ ।”

प्रायःजसो न्याप्किनलाई एक चोटि प्रयोग गरेर फाल्ने गरिन्छ, तर उनले आफ्नी छोरीलाई दिएको न्याप्किनचाहिँ अरू केहीसँग पनि तुलना गर्न नसकिने अमूल्य कुरा बन्यो । “‘माया गर्छु’ भनेर लेख्नको लागि ५ सेकेण्डको समय पर्याप्त हुन्छ, तर समयलाई मूल्यवान् ढङ्गले बिताउने तरिका नै अरूलाई प्रेम गर्नु हो” भनेर उनी भन्दछन् ।