एक जना मानिस जङ्गलको साँघुरो बाटोमा हिँडिरहेका थिए । सूर्यको किरण घना जङ्गलका रूखहरूलाई छेडेर चम्किरहेको थियो, अनि ताजा हावाले तिनलाई प्रफुल्लित र आनन्दित तुल्याइरहेको थियो । प्रकृतिको सुगन्ध महसुस गर्दै आँखा बन्द गरेर तिनी बिस्तारै हिँडिरहेका थिए । तब एक्कासि तिनी जमिनको एउटा चुच्चे ढुङ्गामा ठेस खाएर पछारिए । रिसले चूर भएर तिनले त्यो ढुङ्गालाई उखेलेर मिल्काइदिने निर्णय गरे । तिनले त्यो चुच्चे ढुङ्गालाई उखेल्न सजिलो होला भन्ठानेका थिए, तर जति गहिरो खन्यो त्यो ढुङ्गा त्यति नै ठूलो रहेको तिनलाई थाहा हुँदैगयो । पसीनाले तिनको लूगा पूरै भिजेको थियो, अनि घाम पनि अस्ताउनै लागेको थियो । तब मात्र ढुङ्गा उखेल्न खोज्नु कति ठूलो मूर्खता थियो भनेर तिनले महसुस गरें । तिनले खनेको माटोलाई यथास्थानमै भरिदिए, अनि जमिनमाथि निस्केको ढुङ्गाको चुच्चो भागलाई पुरिदिए । अब उसो त्यो ढुङ्गाको नाउँनिशानै देखिएन ।
कहिलेकहीँ हामीहरू अरूको गल्तीमा ठेस खान वा अरूले भनेको कुरामा चित्त दुखाउन पुग्छौं । त्यसो हुँदा ती कुराहरूबाट तर्किन नखोजीकन आफ्ना हातहरू फैलाएर उनीहरूका गल्तीहरूलाई अँगालिदिने गरौं । ठूलो ढुङ्गालाई उखेल्नभन्दा बरु माटोले पुरिदिन धेरै सजिलो हुन्छ । उनीहरूको बलियो पक्षको तुलनामा ती गल्तीहरू एकदमै सानो पनि हुन सक्छ ।