रिङवानडेरङ (Ringwanderung)

15,801 भ्यु
लेख सुन्नुहोस् 3:32

जर्मनीको म्याक्स प्लाङ्क सोसाइटी(Max Planck Society)ले केही मानिसहरूमा नक्सा र कम्पासविना घना जङ्गलमा बाटो पत्ता लगाउने क्षमतासम्बन्धी परीक्षण गरेको थियो । GPS(Global Positioning System)द्वारा ट्र्याक गरेको परिणाममा, सहभागीहरू सूर्य नअस्ताउञ्जेल सही बाटोतिर हिँडेका तर अँध्यारो भएपछि एउटै ठाउँमा गोलाकार गरी हिँडेका पाइयो । २० मिटर हिँडेका भए पनि वास्तवमा उनीहरू ४ मिटर त्रिज्या(radius)मा गोलाकार गरी हिँडेका थिए ।

यद्यपि त्यसो भइरहेको उनीहरूले पत्तो पाएनन् । आफू सही बाटो गइरहेको छु भन्ठानेर त्यसरी गोलाकार गरी घुम्ने प्रक्रियालाई नै रिङवानडेरङ भनिन्छ । Ringwanderung, ‘ring, गोलो’ र ‘wandaring, भौंतारिनु’ शब्दहरूको संयोजनद्वारा बनेको एउटा ट्रेकिङ शब्द हो । पोख्त पर्वतारोहीहरू नै भए पनि उनीहरू हिमाल आरोहणका क्रममा बाटो बिराएर प्रायः रिङवानडेरङको सङ्कटमा पर्छन् ।

कुनै मानिसले जङ्गल वा मरुभूमिमा बाटो बिराउने कारणचाहिँ उसको मस्तिष्कले बुझ्न सक्ने स्पष्ट मापदण्ड नभएकोले हो । यात्राका क्रममा कुनै मापदण्ड वा उपकरण भएन भने थाहै नपाई एउटै ठाउँमा भौंतारिन पुगिन्छ । योजस्तै, जीवनमा स्पष्ट लक्ष्य लिइएन भने एउटै ठाउँमा भौंतारिनुबाहेक अर्को विकल्प हुँदैन ।

रिङवानडेरङ (Ringwanderung)

3:32
0:00 3:32

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।