डामहरू

10,181 भ्यु
본문 읽기 5:24
현재 언어는 음성 재생을 지원하지 않습니다.

“गो” (Go) खेलाडीहरूले सबैभन्दा बढी रुचाउने बोर्ड जाइफलको रूख बाट बनेको हुन्छ । जाइफलको रूखबाट बनेको बोर्डको रङ्ग र सुगन्ध राम्रो हुनुका साथै लचिलो पनि हुन्छ जसले गर्दा बोर्डमा ढुङ्गाका डामहरू बसे पनि त्यो आफै मेटिएर जान्छ र पहिलाको जस्तै हुन्छ ।

जाइफलको रूखबाट बनेका बोर्डहरूमध्ये सतहमा मसिना रेखा वा डाम भएका बोर्डलाई सबैभन्दा उत्कृष्ट मानिन्छ, तर यस्ता डामहरू अजानमै बन्ने गर्छन् । बोर्ड बनाउँदै गर्दा काठ चर्कियो भने त्यसलाई फ्याँकिदैन, तर कपडामा बेरेर छुट्टै ठाउँमा सुरक्षित राखिन्छ । केही वर्षपछि, तीमध्ये कतिपय काठहरू खुम्चिन र फुल्न थाल्छन्, तर त्यसका दरारहरू पछि आफै भरिएर पुरानै अवस्थामा फर्किन्छन् । यसरी तयार पारिएको गो बोर्डलाई उच्च श्रेणीको उत्पादनको रूपमा वर्गीकृत गरिन्छ । सतहमा डामहरू भए पनि यसलाई उत्कृष्ट गुणस्तरको मानिनुको कारणचाहिँ, चर्किएको जाइफलको काठले आफ्नो विशेष लचिलोपनका कारण पुनः पुरानै स्वरूप प्राप्त गरी आफ्नो मूल्य आफै प्रमाणित गर्दछ । आफूलाई फेरि पहिलेकै अवस्थामा फर्काउन काठले गर्ने सङ्घर्षलाई खेलाडिहरूले एकदमै कदर गर्छन् ।

कष्टका डामहरूलाई जित्दै एउटा उत्कृष्ट नमुना बनेको त्यो बोर्ड ठ्याक्कै हाम्रो आत्मिक अवस्थाजस्तै हुन्छ । “म आफ्नो शरीरमा येशूका डामहरू धारण गर्दछु” भनेर प्रेरित पावलले भनेझैँ सुसमाचारको निम्ति समर्पित परमेश्वरका जनहरूसँग पनि त्यस्ता डामहरू हुन्छन् । उदाहरणको लागि दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्न सङ्घर्ष गरेका डामहरू, संसारका प्रलोभनहरूलाई जित्न प्रयास गरेका डामहरू र विश्वास जोगाइराख्न कडा मिहिनेत गरेका डामहरू । स्वर्गको त्यो सुन्दर र वास्तविक स्वरूपमा फर्कनका लागि आफ्नो सम्पूर्ण शक्ति लगाएर गरिएको प्रयासका प्रमाणहरूलाई परमेश्वरले देख्नुहुनेछ र त्यसको उच्च मूल्याङ्कन गर्नुहुनेछ ।

“… म आफ्नो शरीरमा येशूका डामहरू धारण गर्दछु ।” गलाती ६:१७