लिबेरोको मिशन

4,679 भ्यु

भलिबल टोलीमा भएका ६ जना खेलाडीहरूमध्ये एक जना खेलाडीको पोशाक अरूको भन्दा बेग्लै हुन्छ ।

उसलाई ‘लिबेरो’ भनिन्छ, जसको विशेषता नै प्रतिरक्षा क्षमता हो । उसलाई कुनै पनि खेलाडीको सट्टामा राख्न सकिने भएकोले उसलाई ‘लिबेरो’ अर्थात् ‘स्वतन्त्र’ खेलाडी पनि भनिन्छ । तर वास्तवमा उसलाई धेरै कुराहरूमा प्रतिबन्ध लगाइएको हुन्छ । बल नेटको उचाइभन्दा माथिबाट आउँदा उसले बललाई हान्न र रोक्न पाउँदैन तर विपक्षी टिमले हानेको बललाई उठाउने र जोडले आएको बललाई समात्ने गर्नुपर्छ । यसरी उसले अन्तिम रेखाको रक्षा गर्दै आफ्नो टोलीका सबै कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ । यस्ता विशेषताहरूका कारण लिबेरोले बल हान्ने, छेक्ने कार्यमा वा जित निर्धारण गर्ने अङ्कमा केन्द्रित रहने दर्शकवृन्दको त्यति ध्यान खिँच्न सक्दैन ।

तर लिबेरोचाहिँ टिममा नभई नहुने एकदमै महत्वपूर्ण खेलाडी हो, किनभने मजबूत प्रतिरक्षा भएमा टोली स्थिर रहेर अझ राम्ररी विपक्षी टोलीमाथि जाइलाग्न सक्छ । आफूतिर आएको बललाई कसरी हुन्छ उठाउनको निम्ति खेल मैदानमा यता-उता दौडने र उफ्रने क्रममा उसको शरीरमा चोटहरू लागेको हुन्छ । तर त्यो नै लिबेरोको मिशन भएकोले उसको निम्ति ती चोटहरू नै चमकदार तक्मा हुन् ।