मिसन
लेख सुन्नुहोस्
2:27

ओप्रा विन्फ्रेचाहिँ संयुक्त राज्य अमेरिकाकी सबैभन्दा प्रभावशाली प्रसारकहरूमध्ये एक हुन् । अन्धकारमय बाल्यकाल र किशोरावस्थालाई पार गरेपछि, उनले आफ्नो जीवनकालमा महसुस गरेका ४ वटा जीवन मिसनलाई आफ्नो आत्मकथामा उल्लेख गरिन् ।
- पहिलो, यदि तपाईंसँग अरूभन्दा बढी छ भने त्यो आशिष् होइन, मिसन हो ।
- दोस्रो, यदि तपाईंसँग अरूभन्दा बढी पीडा छ भने त्यो दुःख होइन, मिसन हो ।
- तेस्रो, यदि तपाईंसँग अरूभन्दा बढी उत्साह, उमङ्ग छ भने त्यो भ्रम होइन, मिसन हो ।
- चौथो, यदि तपाईंसँग अरूभन्दा बढी जिम्मेवारी छ भने त्यो बोझ होइन, मिसन हो ।
चाहे आफ्नो इच्छा होस् या नहोस्, उनले आफूसँग भएका सम्पूर्ण कुराहरूलाई आफ्नो जीवनको महान् मिसन हो भनेर सोचिन् र सेवा भावका साथ अथाह परिश्रम गरिन् । मिसनप्रतिको त्यो भावले नै उनलाई आज यस उचाइसम्म पुऱ्याएको हो ।