WATV.org is provided in English. Would you like to change to English?

एकदमै ढीलो समय भन्ने हुँदैन

20,451 भ्यु

रुसी भाषा सिकाउने संस्थामा नयाँ भर्ना खुलेको समयतिर एक जना वृद्ध मानिस गएछन् ।

“छोराको भर्ना गर्न आउनुभएको ?”

कर्मचारीले नम्रतापूर्वक सोधेछन् ।

“होइन, म आफ्नै भर्ना गर्न आएको हुँ ।”

तब कर्मचारी छक्क परेको देखेर उक्त वृद्ध मानिस अलि हिचकिचाएछन्, र अवस्था वर्णन गरिदिएछन्:

“मेरी बुहारी रुसी भएकीले कुरा गर्न एकदमै असहज हुन्छ । उनीसँग कम्तिमा सामान्य कुरा गर्न सकें भने राम्रो हुनेथियो ।”

“ए, अनि बुबाको उमेरचाहिँ कति पुग्यो नि ?”

“७७ वर्ष पुग्यो ।”

“रूसीमा कुराकानी गर्न सक्षम हुन, एक वृद्ध व्यक्तिले कम्तिमा तीन वर्ष सिक्नुपर्छ। त्यतिबेला तपाईं अस्सी वर्ष पुग्नुहुनेछ ।”

तब उक्त वृद्धले मुसुक्क हाँस्दै यस्तो जवाफ दिएछन्,

“यदि मैले अहिले सिकिनँ भने, ८० वर्ष पुग्दा पनि म उस्तै हुनेछु । अनि सायद ७७ वर्षको उमेरमा रुसी भाषा नसिकेको कुरामा पछुताउँछु होला ।”

सबैको लागि बाँकी रहेको जिन्दगीमा आज भन्ने दिन नै सबैभन्दा जवान दिन हो । कुनै पनि अवस्था वा वरिपरिका मानिसहरूको सामु नझुकीकन साहस बटुल्ने हो भने जिन्दगीमा केही कुराको सुरुवात गर्नको लागि समय एकदमै ढिलो भइसकेको हुँदैन ।