
कुनै एउटा झुत्रे गल्लीमा माछा आकारका साना केकहरू बेच्ने एक जना वृद्ध थिए । केकको मूल्य एउटाको ३०० वन थियो भने तीन वटाको चाहिँ १,००० वन थियो । उहाँले गर्नुभएको हिसाबचाहिँ अलि अनौठो थियो । यदि एउटाको मूल्य ३०० वन हो भने ३ वटाको त ९०० वन हुनुपर्ने हो, तर मूल्य सूचीमा “३ वटाको १,००० वन” भनेर लेखिएको थियो ।
त्यसकारण ग्राहकहरूले छक्क पर्दै तिनलाई सोधे,
“साहुजी, धेरै किन्ने मानिसहरूलाई त अझ सस्तोमा बेच्नुपर्ने होइन र ?”
तब तिनले यसो भनेर जवाफ दिए,
“एउटा किन्ने व्यक्तिचाहिँ तीन वटा किन्ने व्यक्तिभन्दा गरीब हुन्छ, त्यसैले त्यो सस्तो हुनुपर्छ ।”
तिनले थप कुरा बताए । त्यो आफ्नो साथीसित बाँडेर खाने विद्यार्थीहरू पनि छन्, अनि रद्दी कागजहरू सङ्कलन गरी कमाएको पैसाले एउटा किनेर खाने एक जना वृद्धा पनि छिन् ।
उहाँको हिसाब गणितीय सूत्रअनुसार सही नभए तापनि त्यो ताजा गरी सेकाइएको केकभन्दा अझ न्यानो थियो ।