WATV.org is provided in English. Would you like to change to English?

​एक चोटि सुरु गऱ्यो भने​

74 हेरेको संख्या

के तपाईंलाई ‘लेखकको अवरोध (Writer’s Block)’ भन्ने भनाइ थाहा छ ? लेखकले कुनै लेख लेख्न लाग्दा कतै त्यो लेख त्यति प्रभावशाली नबन्ने हो कि भन्ने डरले गर्दा कलम उठाउन नसक्ने अवस्थामा यो भनाइ प्रयोग हुन्छ । त्यो अवरोधलाई हटाउने सर्वोत्तम तरिका भनेको नै एक वाक्य लेख्न थालिहाल्नु हो ।

आफूले गर्न चाहेको काम अथवा गर्नुपर्ने कामलाई यदि पन्छाइन्छ भने अब त्यो काम सोच्न पनि गाह्रो छ भन्न पुगिन्छ । अझ खुलेर भन्नुपर्दा, वास्तवमा त्यो काम सोच्न पनि गाह्रो भएकोले सुरु गर्न नसकिने होइनकि अहिलेसम्म सुरु नगरेकोले त्यो काम गर्ने उत्प्रेरणा नजागेको मात्र हो । मनोचिकित्सक एमिल क्रेपेलिनको ‘कामप्रति उत्साह सिद्धान्त’अनुसार, जब हामी कुनै काम गर्न थाल्छौं तब हाम्रो मस्तिष्कको केही भाग उत्साहित हुन्छ र त्यसले शरीरलाई त्यो काम गरिरहने बनाउँछ भनेका छन् । उदाहरणको लागि, खासै भोक नलागे पनि यदि एक चोटि खान थालियो भने फेरि खाऊँ-खाऊँ लाग्ने हुन्छ । अनि यदि इच्छा नभईकनै कोठा सरसफाइ सुरु गर्छौं भने पछिचाहिँ हामीहरू घरको कुनाकाप्चा कतै पनि नछोडीकन सरसफाइ गर्न पुग्छौं ।

यदि तपाईंलाई गरूँ कि नगरूँ जस्तो लागेको कुनै काम छ भने अहिले नै सुरु गरिहाल्नुहोस् । तब तपाईंको शरीर जाग्नेछ र तपाईंलाई त्यो काममा ध्यान केन्द्रित गर्न सहयोग मिल्नेछ ।