पेन्गुइनको उडान

11,529 भ्यु
लेख सुन्नुहोस् 3:28

एउटा पिन्गुइनको बच्चाले आकाशमा ‘स्कुआ’ (एक प्रकारको समुद्री चरा) उडिरहेको देख्यो, र ऊ गहिरो सोचमा डुब्यो ।

“म पनि त्यो चराजस्तै उड्न पाए त ! यसरी डुलुक्क-डुलुक्क हल्लिँदै हिँड्न पटक्कै मन छैन । अरूले हेर्दा यो कस्तो हास्यास्पद देखिन्छ । मसँग पखेटा भएकोले कडा मिहिनेतका साथ अभ्यास गरें भने त, कसो उड्न नसकिएला र ?”

त्यो बच्चा पेन्गुइनले उड्नका लागि आफ्नो पूर्ण शक्ति लगायो । तर दुःखको कुरा, उसले आफ्ना पखेटाहरू जतिसुकै जोडले फड्फडाए पनि उड्न सकेन । लगातार असफलताबाट निराश भएको देखेर, आमा पेन्गुइनले उसलाई बरफको एउटा अग्लो पर्खालमा लिएर गइन् । बच्चा पेन्गुइनले तल हेऱ्यो, तर उसलाई रिंगटा लागेजस्तो भयो ।

“केही हुँदैन, चिन्ता नगरी सिधै हाम फाल । तिमी उड्न सक्छौ !”

सानो पिन्गुइन निकै डराएको थियो, तर आमाको कुराले ऊभित्र साहस जाग्यो र उसले बरफको पर्खालबाट तल हाम फाल्यो । तर, उड्नु त कता हो कता, ऊ सिधै समुद्रमा उधो मुन्टो खस्यो । समुद्रमा खस्नेबित्तिकै एउटा अद्भुत घटना घट्यो । उसकी आमाले भनेझैँ गरी ऊ मजाले उड्न थाल्यो । हावामा चरा उडेझैँ, त्यो सानो पेन्गुइन विशाल सागरमा पौडियो र समुद्रलाई नै आफ्नो आकाश ठानेर खुसीको आनन्द लियो ।

पेन्गुइनको उडान

3:28
0:00 3:28

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।