बेसबल म्यानेजरले आफ्नो टिमको जर्सी लगाउने कारण के होला ?

फुटबल, बास्केटबल, भलिबल र ह्यान्डबलका प्रशिक्षकहरू सामान्यतया आफ्ना टोलीहरू खेल मैदानमा हुँदा सुट लगाउँछन् । तर बेसबलका म्यानेजर र प्रशिक्षकहरूले भने आफ्नै टोलीको जर्सी लगाउने गर्छन् । उनीहरूले जर्सी लगाउने यो परम्परा बेसबलको प्रारम्भिक दिनहरूदेखि नै सुरु भएको हो । अहिले म्यानेजरहरूले सम्हाल्ने यो पद पहिले सामान्यतया टोलीका कप्तानले सम्हाल्ने गर्थे । त्यसोभए उनीहरू अहिले पनि किन जर्सी नै लगाउँछन् होला ?
अन्य धेरै खेलहरूको विपरीत बेसबलका म्यानेजर र प्रशिक्षकहरू पिचर परिवर्तन गर्न, ब्याट्सम्यानलाई निर्देशन दिन, वा कहिलेकहीँ रेफ्रिसँग अपिल गर्न बिना हिचकिचाहट मैदनभित्र पस्ने गर्छन् । खेलको समयमा उनीहरू लगातार मैदानभित्र पस्छन् । तर नियमअनुसार जर्सी नलगाई मैदानभित्र प्रवेश गर्न सकिँदैन । त्यसैले उनीहरू खेलाडीहरू जस्तै समान जर्सी लागउँछन् ।
बेसबल म्यानेजरचाहिँ खेलाडीलाई सीप र रणनीति सिकाउने गुरु मात्र होइन, तर खेलका हरेक पक्षमा खटिने व्यक्ति पनि हुन् । त्यसैले संयुक्त राज्य अमेरिकामा बेसबल प्रबन्धकहरूलाई म्यानेजर भनिन्छ । खेलको नतिजामा म्यानेजरको ठूलो हात हुने भएकोले, बेसबल खेलमा म्यानेजर र खेलाडीहरूबिच निरन्तर सरसल्लाह हुन जरुरी छ । म्यानेजरले लगाउने जर्सीले उनी खेलाडीहरूसँगै मैदानमा होमिन तयार छन् भन्ने दृढ इच्छाशक्ति देखाउँछ ।