उस्तै उमेरका ७ जना बच्चाहरूलाई उनीहरूका आमासँग राखेर टोली-टोली बनाएर एउटा खेल खेलाइयो ।
बच्चाले आँखामा पट्टी बाँधिएको अवस्थामा बलहरू फ्याँक्ने र कुनै एक ठाउँमा उभिएकी उनकी आमाले ती बलहरूलाई ठूलो टोकरीमा बटुल्ने गर्नुपर्थ्यो । उही समय र उही शर्तमा खेल खेल्दाखेरि ५ वटा टोलीको चाहिँ टोकरीमा १२ वटाभन्दा बढी बलहरू थिए भने अरू २ वटा टोलीको चाहिँ टोकरीमा ७ वटा मात्र बल थिए ।
योचाहिँ कुनै प्रसारण केन्द्रमा गरिएको परीक्षण थियो । खेल समाप्त भएपछि उनीहरूले आमा र बच्चाहरूले बल साटासाट गरेका भिडियो हेरे । टोकरीमा थोरै बल बटुलेको टोली र धेरै बल बटुलेको टोलीबीचको भिन्नता नै बच्चाका आमाहरूको बोली थियो ।
थोरै बल बटुलेको टोलीका आमाहरूले “होइन, होइन,” “त्यसो नगर,” “तिमीले ती सबै गर्न सक्दैनौं” भन्नेजस्ता नकारात्मक बोली बोलेका थिए । तर धेरै बल बटुलेको टोलीका आमाहरूले चाहिँ खेल अवधिभर आफ्ना बच्चाहरूलाई “ठीक छ,” “राम्रो छ” र “हुन्छ, हुन्छ” भन्नेजस्ता बोलीद्वारा प्रशंसा र प्रोत्साहन दिएका थिए ।
आमाहरूको सकारात्मक बोलीले असल परिणाम ल्यायो । त्योद्वारा बच्चाहरूले, गर्न सक्छु र साँच्चै नै धेरै गोल हान्न सक्छु भन्ने साहस र आत्मविश्वास प्राप्त गरे ।
सकारात्मक बोलीद्वारा कसैलाई समर्थन गर्नु अथवा प्रोत्साहन दिनु सजिलो छ, अनि यो एकदम प्रभावकारी तरिका हो ।