बिहान अलिबेर सुत्न पाए हुन्थ्यो, मौसम सफा र घमाइलो भए हुन्थ्यो, बिहान काममा जाँदाखेरि ट्राफिक जाम नभए हुन्थ्यो, मेरो प्रोजेक्ट पारित भए हुन्थ्यो, मेरी पत्नीले कचकच नगरे हुन्थ्यो, विद्यालयमा छोराको राम्रो अङ्क आए हुन्थ्यो …
मानिसमा निरन्तर कुनै न कुनै कुराको चाहना हुन्छ । तर के संसार हामीले चाहेअनुसार चल्छ र ? अलार्मको आवाज नसुनेकोले ढीलासम्म सुतेर हस्याङफस्याङ गर्दै बाहिर निस्केको तर पानी परिरहेको छ, अनि काममा जाँदा गाडी जाममा परेर अफिसमा ढीला पुगियो, त्यसमाथि आजै मालिक चाँडै आइपुगेर यो प्रोजेक्ट के हो भन्दै कराए, अनि काम सकेर घर गएपछि मज्जाले आराम गर्न मन भए पनि पत्नीले कचकच गरिन्, र छोराले कक्षामा सबैभन्दा कम अङ्क ल्यायो …
यसरी आफूले चाहेअनुसार नहुँदा गनगन उत्पन्न हुन्छ । तर त्यसो भन्दैमा सधैँ गनगन गर्दै जिउन पनि सकिँदैन । खुशी हुने तरिका सरल छ । वास्तविकतालाई परिवर्तन गर्न खोज्नुभन्दा आफ्नो सोचाइलाई परिवर्तन गर्नुहोस् ।
‘बिहान काममा निस्कन सक्ने जागिर भएकोमा धन्यवाद, पानी परेर मनलाई शीतल बनाइदिएकोमा धन्यवाद, ट्राफिक जामबाट धैर्यता सिक्न सकेकोमा धन्यवाद, प्रोजेक्ट पारित नभएर फेरि चुनौती दिन सक्ने मौका भएकोमा धन्यवाद, मेरो हरेक कुराको ख्याल राखिदिने पत्नी भएकोमा धन्यवाद, छोराको पढाइ त्यति राम्रो नभए पनि स्वस्थ भएकोमा धन्यवाद !’
कस्तो छ त ? सरल छ नि ? प्रत्येक दिन धन्यवाद दिने अभ्यास गर्नुहोस्, त्यसमा नै खुशी पाउनुहुनेछ ।