मैले तिम्रो निम्ति प्रार्थना गरें

गिम मिन जि, पूर्व बिरार, MH भारत

9,223 भ्यु

म क्याम्पस विद्यार्थी हुँदा, मैले विभिन्न किसिमका सुसमाचार गतिविधिहरूमा भाग लिएँ । तीमध्ये कक्षा कोठामा बसेर सियोनका सदस्यहरूसँग प्रार्थना भेलामा सहभागी भएको क्षण सबैभन्दा अविस्मरणीय क्षण थियो ।

हामी सबै जना बिहान ८ बजे कक्षा सुरु हुनुभन्दा अघि भेट्ने गर्थ्यौं । क्याम्पसदेखि मेरो घरसम्मको दूरी टाढा भएकोले बिहान ६ बजेको रेल चढेर प्रार्थना भेलामा सहभागी हुनुपर्थ्यो । यसबाहेक रिपोर्टहरू तयार पार्न र परीक्षाको लागि अध्ययन गर्न म प्रायः बिहान नहोउञ्जेल जागै बस्थें । तर अनौठो कुरा, शरीर थाके पनि म एकदमै खुशी थिएँ ।

भेला हुँदैपिच्छे अध्ययन गरेका बाइबलका पदहरू अझै पनि मलाई याद छ ।

“सिमोन, सिमोन, हेर, शैतानले तिमीलाई गहूँजस्तै निफन्ने अनुमति मागेको छ, तर मैले तिम्रो विश्वास नडगमगाओस् भनेर तिम्रो निम्ति प्रार्थना गरें, र फेरि तिमी मतर्फ फर्केपछि तिम्रा भाइहरूलाई स्थिर गराऊ ।” लूका २२:३१-३२

निफन्नु भन्नाले अन्नबाट भुस वा पराल निकाल्न नाङ्लोलाई तल र माथि हल्लाउने प्रक्रिया हो । योचाहिँ शैतानले परमेश्वरका सन्तानलाई स्वर्ग जान नसक्ने गराउनका लागि उनीहरूको विश्वासलाई हल्लाउँछ भन्ने कुराको अभिव्यक्ति हो । शैतानको अनुरोधले पत्रुस(सिमोन)को विश्वास डगमगाउनेछ भनी पहिल्यै थाहा पाउनुभएका येशूज्यूले पत्रुसको लागि प्रार्थना गर्नुभयो र विश्वास पुनर्स्थापित गरेका पत्रुसलाई भाइहरूको हेरचाह गर्न भन्नुभयो ।

यो वचनको व्याख्या सुनेपछि, आर्थिक समस्या, स्वास्थ्य समस्या र सतावट जस्ता हाम्रो विश्वासलाई हल्लाउने धेरै परीक्षाहरूका बीचमा पनि हामी विश्वासको जीवन बिताउन सक्षम हुनुको कारणचाहिँ हाम्री स्वर्गीय माताको प्रेम र उहाँले सन्तानहरूको निम्ति दिनरात गर्नुभएको प्रार्थना हो भन्ने कुरा महसुस भयो ।

माताको त्यो प्रेम र बलिदानलाई सधैँ याद गर्दै, माताको जस्तै मन लिएर परमेश्वरको इच्छाअनुसार सधैँ भाइ-बहिनीहरूको हेरचाह गर्नेछु ।