WATV.org is provided in English. Would you like to change to English?

प्रतिस्पर्धामा भाग लिनुको कारण

5,507 भ्यु

वृद्ध साइकलबाजको आदर्श पात्रको रूपमा परिचित रोबर्ट मार्चन्ड, सन् १९११मा फ्रान्समा जन्मिएका थिए र उनले दुई वटा विश्वयुद्ध पार गरे । उनले आफ्नो जीविकोपार्जनका लागि अग्निनियन्त्रक, ट्रक चालक, दाउरे इत्यादि थुप्रै कामहरू गरेका थिए । ६८ वर्षको उमेरदेखि उनले साइकलबाज बन्ने सपना बुन्न थाले ।

मार्चन्डले आफ्नो लक्ष्य हासिल गर्न फलफूल र सागसब्जी खानुका साथै हरेक दिन १ घण्टा अभ्यास गर्थे । अनि उनले राती ९ बजे सुतेर बिहान सबेरै ६ बजे उठ्ने समय तालिकाअनुसार सुव्यवस्थित जीवन बिताउने निधोसमेत गरे । सन् २०१७मा उनले १०५ वर्षको उमेरमा साइकल प्रतिस्पर्धामा भाग लिए र आफ्नो उमेर समूहमा एउटा नयाँ विश्व कीर्तिमान राखे । एक जना पत्रकारले उनलाई प्रतिस्पर्धामा भाग लिएर कस्तो महसुस भयो भनी सोध्दा उनले यस्तो जवाफ दिए ।

“म यहाँ विजेता हुन आएको होइन । १०५ वर्षको उमेरमा पनि साइकल चलाउन सकिन्छ भन्ने कुरा देखाउन म यस ठाउँमा आएको हुँ ।”