मेलमिलाप
ओर्केष्ट्रा प्रदर्शनमा प्रत्येक कलाकारको सीप उत्कृष्ट भए पनि सबैले मेलमिलापमा रहेर प्रस्तुति दिएनन् भने उनीहरूले सुमधुर ध्वनी कदापि निकाल्न सक्दैनन् । जबसम्म उनीहरूले अरूको प्रस्तुतिलाई बेवास्ता गर्दै आफ्नो वाद्यवादनको धुनमा मात्र ध्यान दिन्छन्, तबसम्म उनीहरूले उत्कृष्ट प्रस्तुति दिन सक्दैनन् ।

… ताकि शरीरमा बेमेल नहोस्, तर अङ्गहरू एउटाले अर्काको निम्ति समान वास्ता राखून् । यदि एउटा अङ्गलाई कष्ट भयो भने सबै अङ्गहरूले सँगै कष्ट भोग्छन्, अथवा एउटा अङ्गको आदर भयो भने सबै अङ्गहरूले सँगै आनन्द मनाउँछन् । तिमीहरू ख्रीष्टका शरीर हौ, र हरेक त्यसका अङ्गहरू हौ । १ कोरिन्थी १२:२५-२७
हामीचाहिँ ख्रीष्टको शरीरका विभिन्न अङ्गहरू हौं, त्यसैले एउटा अङ्ग एकलैले केही गर्न सक्दैन । परमेश्वरबाट प्राप्त भएको पवित्र आत्माको वरदान जतिसुकै महान् किन नहोस्, सहकार्यबिना केही गर्न सकिँदैन । त्यसैले हामीले एक-अर्काको हेरचाह गर्दै सबै कुरा मिलेर गर्नुपर्छ । सबैभन्दा कमजोर र कम मूल्यवान् कुराप्रति पनि विचारशील हुँदै त्यसलाई अझ मूल्यवान् शरीरको अङ्ग ठानेर मेलमिलापमा कार्य गर्नुपर्छ । त्यसो गरेमा बल्ल सुन्दर दाना फल फलाउन सकिन्छ । तसर्थ एकसाथ मेलमिलापमा रहेर सुसमाचारको कार्य गरौं ।