सङ्कल्प

19,963 भ्यु
लेख सुन्नुहोस् 2:07

एक फ्रान्सेली निशानाबाज भेरोनिक जिरार्देतले आफू २ वर्षीया छँदा क्यान्सर रोगका कारण एउटा आँखाको दृष्टि गुमाउन पुगेकी थिइन् । उनले १६ वर्षको उमेरमा आफ्नो बुबासँग निशानाबाज सिकेर ४ पटकसम्म विश्वकै सर्वोत्कृष्ट खेलाडीको उपाधि हासिल गरेकी थिइन् । उनले अरूको भन्दा फरक परिस्थितिको बाबजुद त्यस्तो उत्कृष्ट उपलब्धि हासिल गर्नुको राज खुलाइन् ।

उनले “निशानाबाजचाहिँ दृष्टि राम्रो वा नराम्रो हुनुभन्दा पनि एकाग्रताको लडाइँ हो । बुबाले सधैँ मलाई, जुनसुकै काम होस्, गर्न सकिन्छ भन्ने आत्मविश्वास रोपिदिनुहुन्थ्यो” भनिन् । साथै आगामी खेलहरूमा पनि, आफ्नो बितिसक्नुभएका बुबाले हेरिरहनुभएको छ भन्ने सोच्दै अझ उत्कृष्ट गर्ने सङ्कल्प व्यक्त गरिन् ।

सङ्कल्प

2:07
0:00 2:07

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।