अभावको त्रुटि

9,966 भ्यु
본문 읽기 4:11
현재 언어는 음성 재생을 지원하지 않습니다.

‘अफर आजसम्म मात्रै,’ ‘पहिलो सय जना ग्राहकहरूले मात्र पाउने,’ वा ‘स्टकमा हुँदासम्म मात्र जारी रहने !’ जस्ता विज्ञापनका शर्तहरू ग्राहकहरूलाई आकर्षण गर्ने रणनीति हुन् । वास्तवमा कुनै सामानको अभाव हुन लाग्दाखेरि त्यो सामान खरीद गर्ने सीमित समय हुन्छ, अनि मानिसहरू प्राय: नपाइने कुराहरूलाई नै एकदमै विशेष ठान्ने गर्छन् । यदि यो अभाव भन्ने कुरालाई व्यापारको साधन बनायो भने त्रुटि देखा पर्न सक्छ ।

पसलमा लुगा छान्न अलि हिचकिचाइरहेको कुनै ग्राहकलाई पसलेले “भर्खरै एक जना ग्राहकले यो एकदमै राम्रो लागेर किन्न लाग्नुभएको थियो । हजूरलाई चाहिँ कस्तो लाग्यो ?” भनिदियो भने उक्त ग्राहकले त्यो लुगा किन्ने सम्भावना बढी हुन्छ । तर वास्तवमा त्यो लुगाको मूल्य र त्यसलाई हेरेर गएका पहिलो ग्राहकबीच कुनै सम्बन्ध हुँदैन ।

‘स्पष्टसँग सोच्ने कला’ नामक पुस्तकका लेखक रोल्फ डोबेलीले “अभावप्रतिको हाम्रो सोचाइ नै हामीलाई स्पष्टसँग सोच्न बाधा पुऱ्याउने कारक हो । सामान र सेवाचाहिँ मूल्य र मुनाफामा मात्र आधारित हुन्छ” भनेका छन् । यसकारण यहाँहरूले कुनै पनि सामान खरीद गर्दाखेरि त्यसको मूल्य र आवश्यकतालाई मध्यनजर गरेर मात्र खरीद गर्नको निम्ति सल्लाह दिँदछौं । ‘यति प्रतिशत छुट,’ ‘अब स्टकमा धेरै बाँकी छैन’ भन्ने कुरामा लागेर पैसा खर्च गर्नुभन्दा बरु आफूलाई साँच्चै आवश्यक परेको सामान हो कि होइन भन्नेतर्फ सोचेर सामानहरू खरीद गर्नुभयो भने यहाँहरू अभावको त्रुटिमा पर्नुहुनेछैन ।