जाँचको ठीक एक दिनअघि दिमागले नभ्याउने गरी पूरै रट्न कोसिस गरिन्छ, पढ्न मन लाग्दैन । यो अवस्थामा सबैभन्दा सजिलो तरिका भनेको सुत्न जानु हो । राम्रो नतिजा नआउँदाखेरि बुबा-आमा अथवा साथीहरूलाई आफू असक्षम भएकोले होइनकि, जाँचको अघिल्लो दिनमा आफू चाँडै निदाउन पुगेकोले त्यसो भएको हो भनेर बहाना त बनाउन सकिन्छ । योचाहिँ जाँच दिने विद्यार्थीहरूले मात्र गर्ने गरेको कुरा होइन । केही मानिसहरू, अर्को व्यक्तिलाई आफ्नो दक्षता देखाउँदा राम्रो परिणाम नआउला कि भनेर पहिलै “धेरै अभ्यास नै गर्न पाइनँ,” “मलाई अलि सञ्चो थिएन,” “परिस्थिति अलि खराब थियो,” भन्दै आफ्नो असफलताको निम्ति बहाना बनाउने गर्छन् । यस्तो किसिमको संज्ञानात्मक कौशलतालाई ‘आत्म-अपङ्गता’ भनिन्छ ।
मानिस जो भए पनि अरूबाट स्वीकार पाउन, आत्म-सम्मानलाई बचाउन र असफलताबाट टाढा रहन चाहने प्रवृत्तिका हुन्छन् । त्योचाहिँ ऊभित्र आत्म-अपाङ्गता भएकोले हो । तर आफ्नो दोषलाई अन्य कुराहरूमा साऱ्यो भने विभिन्न बहानाहरू बनाउन पुगिन्छ । आफूले सक्दो गर्नुपर्ने कारण नै नभएकोले सक्दो कोसिस गर्ने गरिँदैन, त्यसो हुँदा असल परिणामबाट स्वतः अलग हुन पुगिन्छ ।
आफूलाई आत्म-अपाङ्गतामा फस्न नदिने हो भने, यहाँहरू आफैप्रति ईमानदार हुनुपर्छ, अनि आफूले सक्दो गर्नुपर्ने कारण पत्ता लगाउनुपर्छ । यो नै आत्म-सम्मान कायम राख्ने बुद्धिमानी तरिका हो ।