
एक दिन, गान्धी व्यावसायिक यात्राका लागि निस्किए ।
रेल स्टेशनमा आइपुग्दा, उनी गुड्न लागेको रेलमा हतारिँदै चढे । ठीक त्यही समयमा, उनको एउटा जुत्ता रेलवे स्टेशनकै प्लाटफर्ममा खस्यो । रेल गुँड्न थालेकोले गान्धीले जुत्ता टिप्न सकेनन् ।
केही बेर सोचेपछि गान्धीले आफूसँग भएको अर्को जुत्ता खोलेर खसेको जुत्तातिर फुत्त फ्याँकिदिए ।
रेलमा सँगै चढेका अरू मानिसहरू छक्क परे ।
“गुरुज्यू, तपाईंले किन अर्को जुत्ता पनि फ्याँक्नुभएको ?”
गान्धीले मुस्कुराउँदै जवाफ दिए,
“जोडिविहिन जुत्ता अर्थहीन हुन्छ । तर जुत्ताको जोडि भएमा उठाउने व्यक्तिले त्यो लगाउन सक्छ नि, होइन र ?”