स-साना कुराहरू पनि
본문 읽기
1:49
현재 언어는 음성 재생을 지원하지 않습니다.

एउटा सानो प्वालबाट पनि सूर्यको किरण छिर्न सक्छ । मानिसहरू ठूलो चट्टानमा होइन तर साना ढुङ्गाहरूमा अल्झिएर लड्छन् ।
बेलायती लेखक आर्थर कोनन डोयलले साना कुराहरूको महत्त्वबारे कुरा गरे ।
वास्तवमा, हामीले बेवास्ता गरेका कुराहरूले कहिलेकहीँ भविष्यमा सोच्दै नसोचेको समस्या निम्त्याउन सक्छ । त्यसै गरी कहिलेकहीँ सानो देखिने कुराले पनि ठूलो समस्या समाधान गर्ने बाटो खोलिदिन सक्छ । हामीले थाहै नपाई आउने दुर्भाग्यबाट बच्न र अवसर तथा आशिष्हरूले भरिएको जीवन निर्माण गर्नका लागि साना कुराहरूलाई पनि मूल्यवान् ठानी ध्यानपूर्वक विचार पुऱ्याउनुपर्छ ।