हाँसो

17,328 भ्यु
लेख सुन्नुहोस् 4:55

एउटा कोरियाली उखान छ, “जहाँ हाँसो, त्यहाँ सुख-समृद्धि ।” कारण हाँस्दा कुनै हानी हुँदैन । यद्यपि, हाँसोका पनि विभिन्न प्रकारहरू हुन्छन् ।

जब हामी खुसी हुन्छौं, आँखा वरिपरिका मांसपेशीहरू खुम्चिन्छन् र चाउरी पर्छन् । जबरजस्ती नमुस्कुराई प्राकृतिक रूपमा मुस्कुराउने प्रक्रियालाई दुसेन मुस्कान भनिन्छ । वास्तवमा यो नामचाहिँ यसलाई पहिलो पटक पत्ता लगाउने स्नायुवैज्ञानिक (Neurologist)को नामबाट राखिएको थियो । दुसेन मुस्कानले मस्तिष्कको आनन्द महसुस गर्ने भागलाई सक्रिय बनाउँछ ।

अमेरिकाका एक विश्वविद्यालयका प्राध्यापकले मुस्कानका विभिन्न प्रकारहरूले जीवनको गुणस्तरमा कस्तो प्रभाव पार्छन् भन्ने विषयमा एउटा अनुसन्धान गरेका थिए । उनले विश्वविद्यालयको दीक्षान्त पुस्तकबाट १११ जना महिलाहरूको मुस्कानको सूक्ष्म विश्लेषण गरे, र ३० वर्षसम्म तिनीहरूको जीवनको अवस्थालाई पछ्याइरहे । अनुसन्धानको निष्कर्षअनुसार, बनावटी वा जबरजस्ती मुस्कुराएका स्नातकहरूको तुलनामा वास्तविक रूपमा मुस्कुराएका स्नातकहरूले आफ्नो दैनिक जीवनमा कम तनाव महसुस गरेका र उनीहरूको आपसी सम्बन्ध पनि राम्रो भएको कुरा पत्ता लाग्यो । उनीहरूमध्ये अधिकांशले खुसी र स्वस्थ जीवन बिताएको यथार्थता पनि थाहा भयो ।

बाइबलमा “इसहाकजस्तै हामी पनि प्रतिज्ञाका सन्तान हौं” भनिएको छ (गला ४:२८)। इसहाकको अर्थ ‘हाँसो’ हो । यदि तपाईंलाई इसहाक नाम आफूलाई नसुहाएझैँ हाँस्न अप्ठ्यारो लाग्छ भने, ऐनामा हेर्नुहोस् ।

हाँस्नको लागि पनि अभ्यास चाहिन्छ । त्यसैले हाँसौं । मुक्तिको अनुग्रहका लागि धन्यवाद दिँदै, असीमित खुसीका साथ मुस्कुराऔं र हाँसौं । इमान्दार हाँसोले नै हामी इसहाकजस्तै प्रतिज्ञाका सन्तान हौं भन्ने कुरा प्रमाणित गर्दछ ।

हाँसो

4:55
0:00 4:55

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।