उत्तेजना र प्रतिक्रियाबीच

8,987 भ्यु
लेख सुन्नुहोस् 4:00

उत्तेजना र प्रतिक्रियाबीच एउटा खाली ठाउँ हुन्छ । त्यही खाली ठाउँमा आफ्नो प्रतिक्रिया रोज्न सक्ने स्वतन्त्रता र शक्ति लुकेको हुन्छ । अनि त्यो प्रतिक्रियाले नै हाम्रो विकास र खुसीलाई निर्धारण गर्दछ ।

दोस्रो विश्वयुद्धको समयमा कुख्यात अश्विज (Auschwitz) यातना शिविरमा बन्दी बनाइएका र आफ्नो दृढ इच्छाशक्तिका कारण जीवित रहन सफल भएका मनोचिकित्सक भिक्टर ई. फ्रान्कल (Viktor E. Frankl)ले आफ्नो पुस्तकमा यस्तो कुरा लेखेका थिए । सजिलो गरी भन्नुपर्दा, मानौं : एउटा घमाइलो दिनमा परिवारसँग घुम्न जानका लागि तपाईंले खुसीसाथ गाडी चलाउँदैहुनुहुन्छ, तर अचानक पछाडिबाट आएको गाडीले तपाईंलाई ओभरटेक गर्दै बाटो छेक्छ । यस्तो अवस्थामा कि त रिसाएर झर्किन सकिन्छ, कि त त्यसलाई बेवास्ता गर्न सकिन्छ । रिसका कारण परिवारसँगको त्यो रमाइलो यात्रा बिगार्ने, कि आफ्नो मुडलाई राम्रो बनाएर परिवारसँग रमाइलो समय बिताउने भन्ने कुराको तय गर्ने जिम्मा पूर्ण रूपमा आफ्नै हातमा हुन्छ ।

यदि तपाईं वरिपरिको वातावरण, परिस्थिति वा वरिपरिका मानिसहरूका भनाइ र गराइबाट उत्तेजित भई सोच विचारै नगरी तुरुन्तै प्रतिक्रिया दिनुहुन्छ भने तपाईंको जीवनको बागडोर उनीहरूको हातमा पुग्नेछ । भनिन्छ कि, खुसी हुनु पनि एउटा रोजाइ हो । अनि खुसी रोज्ने आफ्नो शक्तिलाई बढाउने तरिका भनेकै उत्तेजना र प्रतिक्रियाबीचमा रहेको खाली ठाउँलाई अझ फराकिलो बनाउनु हो ।

उत्तेजना र प्रतिक्रियाबीच

4:00
0:00 4:00

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।