समुद्रको शीर्ष शिकारी, सार्क माछामा एउटा प्राणघातक निर्बल पक्ष हुन्छ । त्यो के हो त भन्दा सार्कको शरीरमा, पानीमा तैरने शक्ति र श्वासेन्द्रिय मांसपेशीलाई नियन्त्रण गर्ने वायु-थैली नै हुँदैन ।
सार्कको शरीरमा वायु-थैलीको सट्टामा शरीरको एक चौथाइ भाग ठूलो कलेजोले ओगटेको हुन्छ । अनि कलेजोचाहिँ पानीभन्दा हलुका तेलले भरिएको हुँदा यसले सार्कलाई पानीमा तैरन मद्दत गर्छ । तर कलेजोको प्रभावशीलता सीमित भएको हुँदा पानीमा नडुब्नको निम्ति सार्क लगातार पौडिरहनुपर्छ । यसको अतिरिक्त सार्कको शरीरमा श्वास-प्रश्वासको निम्ति अत्यावश्यक श्वासेन्द्रिय मांसपेशी पनि नहुने भएकोले अक्सिजन निरन्तर लिइरहनको निम्ति यसले पौडने कार्य एकछिन पनि रोक्नुहुँदैन ।
सार्कले समुद्रभित्र जहाँ पनि तीव्र गतिमा पौडिन र वायु-थैली एवम् श्वासेन्द्रिय मांसपेशीको कमीको बाबजुद आफ्नो शिकारलाई आक्रमण गर्न सक्छ । त्यसको कारणचाहिँ सार्कले तैरिन र सास फेरिरहनको निम्ति लगातार पानीमा पौडिरहनुपर्ने हुँदा यसको पखेटा राम्ररी विकसित हुने भएकोले हो । यसरी निर्बल पक्ष नै समुद्रमा शासन गर्न सक्ने गराउने सबल पक्षमा परिवर्तन हुन्छ ।
विश्वासको जीवनमा कहिलेकहीँ आफूले निर्बल पक्षको रूपमा सोचेका कुराको कारण निराश हुने अवस्था हुन्छ होला । तर यदि यहाँहरूले निरन्तर प्रचारद्वारा आत्मिक व्यायाम गरिरहनुभयो र प्रार्थनाद्वारा आत्मिक श्वास-प्रश्वासलाई रोक्नुभएन भने यहाँहरूको निर्बल पक्ष नै यहाँहरूको आत्मालाई शक्ति प्रदान गर्ने मूल बन्नेछ । हाम्रा कमजोरीहरू र हामीमा कमी भएका पक्षहरू नै हाम्रो आत्मालाई जीवित र क्रियाशील बनाउने शक्ति हो ।
मेरो आत्मालाई बलियो बनाउने रहस्य !
सुसमाचार प्रचार
प्रार्थना