अरूको बारेमा कुरा गर्दा

12,852 भ्यु
लेख सुन्नुहोस् 2:52

कुनै एक चेलाले आफ्नो गुरुलाई भेटेर सोधेछन् ।

“गुरुज्यू तपाईंले भन्नुभयो कि, कुरा काट्ने बानीले तीन जनालाई चोट पुऱ्याउँछ ।”

“हो, एउटाचाहिँ कुरा काट्ने व्यक्ति, अर्को कुरा सुन्ने व्यक्ति र अर्को चाहिँ कुरा काटिने व्यक्ति ।”

“त्यसोभए अरूको कुरा नकाट्नका लागि मैले के गर्नुपर्छ ?”

आफूले सिकेको कुरा कार्यान्वयन गर्न इच्छुक भएका चेलाको मन देखेर खुसी हुँदै गुरुले मुस्कुराउँदै जवाफ दिएछन् ।

“अरूको बारेमा कुरा गर्नुअघि तीन वटा कुरा सोच्नू, पहिलो ‘के मैले आफैले देखेको र सुनेको कुरा हो ?’, दोस्रो ‘के मैले भन्न खोजिरहेको कुरा सही हो ?’, तस्रो ‘के मैले यसो गर्न आवश्यक छ ?’ ”

चेलाले आफ्नो गुरुले भनेको कुरा नबिर्सिकन सधैँ याद राख्नका लागि धेरै चोटि त्यो कुरालाई दोहोऱ्याइरह्यो । चेलालाई हेरिरहेका गुरुले हल्का मुस्कुराउँदै फेरि जवाफ दिएछन्,

“सबैभन्दा सरल र सहज उपाय भनेको आफूले कुरा गरिरहेको व्यक्ति छेउमै छ भन्ने कुरा सोच्दै विचारशील हुनु हो ।”

अरूको बारेमा कुरा गर्दा

2:52
0:00 2:52

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।