​मांसपेशीको चरम सीमा​

5,224 भ्यु

खेलाडीहरूको बलियो मांसपेशी एकै दिनमा बन्नेचाहिँ होइन । शारीरिक शक्ति बढाउन र दक्षतामा सुधार ल्याउनको लागि उनीहरूले आफूलाई निरन्तर तालीम दिने गर्छन् । उनीहरूले मांसपेशीको चरम सीमालाई जितेपछि मात्र परिश्रमको प्रतिफल प्राप्त गर्न

सक्छन् । मांसपेशीको चरम सीमा भनेको त्यस्तो बिन्दु हो, जहाँ पुगेपछि अझ बढी शक्ति लगाउन सकिँदैन । मांसपेशीको चरम सीमामा पुगेपछि एकसाथ बाँधिएको मांसपेशी तन्तुहरू खुकुला हुने वा दुखेर च्यातिने अवस्था हुन्छ । तर च्यातिएका मांसपेशीहरू चाँडे नै पहिलाकै अवस्थामा फर्किन्छ । ठीक भएको मांसपेशीलाई फेरि प्रयोग गऱ्यौं भने त्यो बिग्रिन्छ, अनि फेरि ठीक भइहाल्छ । उदाहरणको लागि, मुश्किलले १० पटक पुस अप गर्न सक्ने मानिसले अर्को दिनमा १२ पटकसम्म गर्न सक्छ, त्यसपछिको अर्को दिनमा १५ पटक गर्न सक्छ, अनि केही दिनपछि १७ पटकसम्म गर्न सक्छ । हाम्रो मांसपेशीहरूलाई ज्यादा भार दिएर मांसपेशीको चरम सीमालाई बिस्तारै-बिस्तारै वृद्धि गर्न सकिन्छ । यसकारण दुखाइलाई कष्टको रूपमा लिन आवश्यक छैन ।

मनमा पनि चरम सीमा भन्ने हुन्छ । हृदयविदारक दुःखलाई अबोप्रान्त सहन नसक्नेसम्मको त्यो चरम सीमामा हामीहरू पुग्यौं भने पनि निराश वा दुःखी हुन आवश्यक छैन । मन जति दुख्यो त्यति नै दह्रो बन्न पुग्छ । अनि भोलिको सीमा आजको जति हुँदैन ।