तनाव कम गर्ने सबैभन्दा सजिलो उपाय

11,427 भ्यु
लेख सुन्नुहोस् 3:34

जनावरहरूले आफ्नो शक्ति प्रदर्शन गर्दा सम्भव भएसम्म आफ्नो शरीर फुलाएर ठूलो बनाउने गर्छन् । योजस्तै मानिसहरूले चाहिँ डराउँदा वा निराश हुँदा शरीर झकाउँछन् तर आत्मविश्वासले भरिँदाचाहिँ शिर ठाडो पारेर काँध सीधा पार्छन् । यसकारण दौडको अन्तिम घेरामा आइपुगेका खेलाडीहरूले आफ्नो हात माथि उठाउँछन् ।

मनको भित्री भावहरू बाह्य हाउभाउ र व्यवहारद्वारा व्यक्त गरिन्छ तर त्योभन्दा पनि महत्त्वपूर्ण कुराचाहिँ भित्री भावहरू बाह्य मनोवृत्तिद्वारा प्रेरित हुन्छन् । एउटा अनुसन्धानका अनुसार जब मानिसहरूले वन्डर वुमनजस्तै शरीर सीधा पारेर कम्मरमा दुवै हात राख्छन् वा कुर्सीमा अढेस लाग्दै दुवै हात टाउको पछाडि बाँधेर ढुक्कसँग बस्छन्, तब उनीहरूमा आत्मविश्वास बढाउने हर्मोन २० प्रतिशतले बढ्छ र मानसिक तनाव गराउने हर्मोन २५ प्रतिशतले घट्छ । यो परिवर्तन मात्र दुई मिनेटभित्र देखिएको थियो ।

धेरै मानिसहरूको अगाडि अन्तर्वार्ता दिन लाग्दा वा कुनै प्रस्तुति गर्न लाग्दा डर लाग्छ भने एकदमै उच्च मनोबलका साथ आत्मविश्वासले भरिएको हाउभाउ वा आसन बनाउनुपर्छ । तनाव कम गर्ने यो सबैभन्दा सजिलो उपाय हो । परिश्रमसाथ तयारी गरे पनि कामको नतिजाचाहिँ यहाँहरूको आत्मविश्वासमा भर पर्छ भन्दा अतिशयोक्ति नहोला ।

तनाव कम गर्ने सबैभन्दा सजिलो उपाय

3:34
0:00 3:34

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।