दुई जना कामदारहरू रूख काट्नलाई पहाडमा उक्लिएछन् । रूख काटिसकेपछि तिनीहरूले त्यस रूखमा वार्षिक घेरा देखेछन् ।
त्यो देखेपछि जवान कामदारले भनेछ,
“यहाँ हेर्नुस् त । यी ५ वटा घेराहरू एक-अर्कामा एकदमै नजिक छन् । यहाँ ५ वर्षसम्म खडेरी परेको थियो जस्तो छ ।”
खडेरी पर्दा रूखहरू एकदमै बिस्तारै बढ्ने भएकोले त्यसमा लाग्ने वार्षिक घेराहरू एक-अर्कामा नजिक हुने कुरा ती जवान कामदारलाई राम्ररी थाहा थियो । उसको कुरा चूपचाप सुनिरहेका बुज्रुक कामदारले यसो भनेछन्,
“तिम्रो कुरा ठीक हो । तर यहाँ, अझ महत्वपूर्ण एउटा कुरा छ । खडेरी परेको समयमा रूखहरूले आफूलाई आवश्यक पर्ने पौष्टिक तत्व र पानी प्राप्त गर्नको लागि जमिनको भित्री गहिराइसम्म जरा गाड्छ । त्यसो हुँदा जराहरू अझ बलियो हुन्छ र खडेरी सकिएपछि रूखहरू छिटो-छिटो बढ्न सक्छन् । त्यसैले खडेरीको समय भनेको वास्तवमा रूखहरूका लागि सबैभन्दा महत्वपूर्ण समय हो ।”