कुनै समयमा राती माछा मार्न रुचाउने एक जना मानिस थिए । एक दिनको काम सकाएर घरमा आनन्दले सुत्न सकिने सुनौलो मौकामा पनि तिनी एउटा स्यान्डवीच र माछा मार्ने बल्छी लिएर धूलाम्मे बाटो हुँदै माछा मार्न जान्थे । कहिलेकहीँ रातभरि एउटा माछा पनि पक्रन सकिँदैनथ्यो, तर तिनलाई केही फरक पर्दैनथ्यो । यदाकदा तिनले प्रशस्त माछाहरू पक्रिए भने पनि घर फर्किएर आफ्ना छिमेकीहरूलाई बाँड्ने गर्थे । त्यो देखेर तिनकी पत्नीले अचम्म मान्दै तिनलाई सोधिन्,
“प्रिय, तपाईंले लामो समय पर्खिएर ती माछाहरू पक्रनुभएको होइन ? त्यसरी सबै बाँड्ने भए माछा मार्न किन मरिहत्ते गरिरहनुपऱ्यो र ? बरु घरमै आराम गर्दा भइहाल्छ नि ।”
त्यसपछि तिनले यसो भने,
“म सानो छँदा मेरा बुबाले राती मलाई आफूसँगै माछा मार्न लिएर जानुहुन्थ्यो । अन्धकार रातमा ताराहरू सुन्दर ढङ्गले चम्किरहेका हुन्थे । बल्छीमा माछा नपरुञ्जेल बुबाले नम्र आवाजमा धेरै कथाहरू सुनाउनुहुन्थ्यो । मलाई ती सुन्दर पलहरू बिर्सन मन छैनँ । उहाँलाई सम्झिन मात्र सकें भने पनि मैले खर्चिएको समय र प्रयत्न सार्थक हुनेछ ।”