WATV.org is provided in English. Would you like to change to English?

तिमीले पनि गर्न सक्छौ

8,547 भ्यु

संयुक्त राज्य अमेरिकाको मेजर लिग बेसबलमा आफ्नो क्षमताको सीमालाई नै नाघ्न सफल एक चिर-परिचित पिचर जिम एबट । उनी जन्मँदै दाहिने हातको हत्केलाविना जन्मिएका थिए । हुर्कने क्रममा प्रायः सबै काम एउटा हातले गर्न सिकेका एबटका निम्ति गर्न गाह्रो काम भनेको एउटै मात्र थियो– जुत्ताको तुना बाँध्नु । कलिला एबटका लागि सबैभन्दा दिक्कलाग्दो दिन भनेको, घरमा दुई चोटिसम्म बाँधेको जुत्ताको तुना फुस्किएको दिन हुन्थ्यो ।

एबट प्राथमिक विद्यालयको तेस्रो तहमा अध्ययनरत छँदा यो समस्या पनि हल भयो । एक दिन उनका शिक्षक डोन क्लर्कसन उनीकहाँ आएर उत्साहित सोरमा उनलाई यसो भने ।

“अब तिमीले एकलैले पनि आफ्नो जुत्ताको तुना बाँध्न सक्नेछौ ।”

एक हातले जुत्ताको तुना बाँध्ने तरिका रातभरि बसेर सिकेका एबटका शिक्षकले त्यो तरिका उनलाई जानकारी दिए ।

शिक्षकबाट प्रोत्साहित भएका एबट, त्यो दिनदेखि एक हातले गर्ने कुनै पनि काममा कति पनि डराएनन् ।