
एक-एक थोपा पानीद्वारा नदी बन्छ । आकाशबाट झर्ने पानी र जङ्गलबाट रसाउने स-साना पानीका थोपाहरू जम्मा भई एउटा खोल्सा बन्छ, र जब चारै दिशाबाट बग्ने खोल्साहरू सँगै मिसिन्छन्, तब त्यसले नदीको रूप लिन्छ । दर्जनौं र सयौं सहायक खोलाहरू मूल नदीमा मिसिएपछि त्यो झन् फराकिलो र गहिरो हुन्छ ।
नदीमा जम्मा भएको पानीले न झगडा गर्छ न त गनगन नै गर्छ तर निरन्तर आफ्नो गन्तव्य, समुद्रतिर बगिरहन्छ । नदीले बग्ने क्रममा धेरै कुरा हासिल गर्दछ जुन कुरा एक थोपा पानीको रूपमा सोच्न पनि सकिँदैन । बलियो पानीको छालले चट्टानलाई फुटाउँछ, र सबै जीवित प्राणीहरू बस्ने न्यानो घर बन्छ ।
तपाईंको सुरुको अवस्थाहरू निम्न देखिनेछन्, त्यसरी तपाईंको अन्त अति महान् हुनेछ । अय्यूब ८:७
सानो पानीको थोपा सुरुमा निम्न देखिए पनि स-साना पानीका थोपाहरू मिलेर ठूलो छाल बन्दछ । माताको प्रेमद्वारा संसारलाई परिवर्तन गर्ने जीवनको पानी, पिताले खोलिदिनुभएको सुसमाचारलाई पछ्याउँदै समुद्ररतिर बगिरहेको छ ।