​टि-म्याक टाइम​

7,238 भ्यु

सन् २००४ डिसेम्बर ९ तारिखमा संयुक्त राज्य अमेरिकाको दुई वटा बास्केटबल टोली- ह्यूस्टन रकेट र सान आन्टोनियो स्पर्सबीच बास्केटबल प्रतिस्पर्धा भएको थियो । खेल सिद्धिन ४१ सेकेन्ड मात्र बाँकी हुँदा खेलको स्कोर ६८:७६ थियो, ह्यूस्टन रकेट ८ अङ्कले पछि परेको थियो । अब सान आन्टोनियो स्पर्सले खेल जित्ने भयो भन्ने सोचेर आधाभन्दा बढी दर्शकहरू रङ्गशालाबाट बाहिरिएका थिए ।

त्यसपछि ‘टि-म्याक’ नामले बोलाइने ह्यूस्टन रकेट टोलीका खेलाडी ‘ट्रेसी मेकग्रेडी’ले एकदमै उत्कृष्ट खेल देखाउन थाले । टि-म्याकले ३ स्कोर गरेर ७१ अङ्क बनाए भने स्पर्सले चाहिँ फ्रि थ्रोबाट २ अङ्क हासिल गरेर ७८ अङ्क बनायो । त्यसपछि टि-म्याकले थ्री-पोइन्टर र फ्रि थ्रोबाट १ अङ्क हासिल गरेर कुल ४ अङ्क हासिल गरे भने विपक्षी टोली, स्पर्सले पनि थप २ अङ्क हासिल गऱ्यो ।

यस्तो भइरहेमा हरेस खान सकिने अवस्था थियो । तर टि-म्याकले अन्तिमसम्मै हरेस खाएनन् । उनले थप ३ अङ्क स्कोर गरे, र खेल सिद्धिन १.७ सेकेन्ड मात्र बाँकी हुँदा फेरि अर्को ३ अङ्क स्कोर गरेर अन्ततः ८१:८० स्कोरले खेलमा कायापलट ल्याई जित हासिल गरे । ट्रेसी एकलैले ३५ सेकेन्डमा १३ स्कोर गरेकाले त्यो दृश्यलाई ‘टि-म्याक टाइम’ नाम दिइएको हो, जसलाई अहिले पनि संयुक्त राज्य अमेरिकाको बास्केटबल खेलको सर्वोत्कृष्ट क्षणको रूपमा लिइन्छ ।

हरेस नखाईकन गरेमा मौका छ, तर हरेस खाएको क्षणमा खेल उत्तिखेरै समाप्त हुन्छ । के यहाँहरूको खेल अझै जारी छ ?