​मैले लिएको कुरा​

5,561 भ्यु

मेरो साथीको नयाँ मोबाइल फोन, डिपार्टमेन्ट स्टोरमा प्रदर्शन गरिएका जुत्ताहरू, पत्रिकामा देखाइएको घर, विज्ञापनमा देखाइएको कार …

मानिसहरू आफूसँग नभएको थोक, ओहदा वा प्रसिद्धिको लालसा गर्दै ‘त्यो पाए त’ भनेर सोच्ने गर्छन् । त्यो प्राप्त गरेको कल्पना गर्ने गर्छन् । अनि त्यो पाउँदाको आफ्नो स्वरूपको समेत कल्पना गर्ने गर्छन् । तर वास्तविकतामा फर्किएर त्यसलाई आफूसँग नपाउँदाखेरि उनीहरू आफूलाई धिक्कार्ने गर्छन् ।

त्यस्तो सोचाइ लगातार आयो भने खुशी बिस्तारै लोप हुँदैजानेछ । आफ्नो जीवनमा सन्तुष्टि र खुशी पाउन चाहनुहुन्छ भने, ‘त्यो मसँग भइदिए त’ भन्ने सोचाइ लिनुभन्दा ‘अहिले मसँग भएको कुरा नभएको भए’ भन्ने सोचाइ लिइहेर्नुहोस् । परिवार, स्वास्थ्य, सहकर्मी, अमूल्य कुराहरू … हामीहरू यो पृथ्वीमा खाली हात जन्मिएका थियौं, तर अहिले हामीसँग धेरै कुराहरू छ । संसारमा अरू कुनै कुराले प्रतिस्थापन गर्न नसक्ने कुराहरू पनि हामीसँग छ । ती सबै आफूसँग नभएको अवस्थालाई कल्पना गऱ्यौं भने हामीसँग भएका थोकहरू कति अमूल्य छन् भन्ने कुरा महसुस गर्न सक्नेछौं । यो कुरा बुझेमा हामीहरू धन्यवादी हुन सक्नेछौं, अनि धन्यवादी भयौं भने सधैँ खुशी रहन सक्नेछौं ।