समय र क्षेत्रलाई पार गर्ने रहस्यमय संसारलाई चिन्ने तरिका

10,297 भ्यु

व्यवस्थापन परामर्शदाता र प्रशिक्षक पिटर ड्रकर दर्शनशास्त्र, राजनीतिक शास्त्र र व्यवसाय प्रशासनको प्राध्यापकको रूपमा कार्यरत थिए । उनले आधुनिक व्यवसाय निगम पनि स्थापना गरे । उनी सानो छँदा, उनको बुबा-आमाले घरमा विभिन्न किसिमका भेलाहरू गरेर अर्थशास्त्री शम्पेटर र हायेक, लेखक थोमस मान, मनोवैज्ञानिक फ्रोइड जस्ता विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूलाई आमन्त्रण गर्थे । उनीहरूसँगको भेट र कुराकानीले पिटरको ज्ञान र सोचाइलाई बढाउने उत्प्रेरक भूमिका निर्वाह गऱ्यो ।

अनुभव नै जीवनको एक महत्त्वपूर्ण जायजेथा हो । तर कसैलाई नभेटी वा कतै टाढाको यात्रा नगरीकनै समय र सीमालाई पार गरेका उत्कृष्ट शिक्षकहरूबाट सिक्ने र बहुमूल्य अनुभवहरू बटुल्ने एउटा तरिका छ । त्यो नै पढ्नु हो । विभिन्न क्षेत्रका पुस्तकहरू पढ्ने क्रममा, लेखकको ज्ञान र अनुभवमा डुबेर पुस्तकको विषयवस्तुमा सहमति जनाई ती कुराप्रति ज्ञान बढाउने कार्यलाई अप्रत्यक्ष अनुभव भनिन्छ ।

आविष्कारक एडिसन बाल्यकालदेखि नै किताबको किरा थिए । ३० वर्षको हुँदा उनले आफ्नो प्रयोगशालामा पुस्तकालय स्थापना गरी, विभिन्न क्षेत्रका पुस्तकहरू र सामयिक प्रकाशनहरू गरेर करिब ५०० वटा पुस्तकरहरू किनेर ल्याए । अनि उनी अमेरिकामा भएको प्रत्येक पुस्तकालयका पुस्तकहरू पढ्न चाहन्थे ।

“केही कुरा आविष्कार गर्न मन लाग्दा, पहिला म कुनै एउटा पुस्तक खोजेर पढ्ने गर्छु । कसैले पहिल्यै लेखिसकेको कुरालाई पनि म अझ खोजिनिति गर्ने गर्छु । त्यसैले त मसँग यति धेरै पुस्तकहरू छन् ।”

पुस्तकहरूमार्फत पत्ता लगाएको ज्ञानले एडिसनलाई एक महान् आविष्कारक बन्न मार्गनिर्देशन गऱ्यो ।

बाइबलमा समय र क्षेत्रलाई पार गर्ने रहस्यमय संसारको विषयका अभिलेखहरू छन् । शोक, पीडा र मृत्यु नहुने त्यो संसारमा, अनन्त जीवन पाएका आत्मिक प्राणीहरू प्रत्येक दिन हर्षका साथ जिउँछन् । हाम्रो आँखाले देख्न वा मनले कल्पनासमेत गर्न नसक्ने संसार भए पनि, हामीले त्यसलाई एकमात्र पुस्तक बाइबलमार्फत अप्रत्यक्ष रूपमा महसुस गर्न सक्छौं । त्यो रहस्यमय संसारमा जाने बाटो थाहा दिने निर्देशिका पुस्तक भनेको नै बाइबल हो । जबसम्म हामीले स्वर्ग पत्ता लगाएर अनन्त संसार सृष्टि गर्नुभएका परमेश्वरको सास महसुस गर्दैनौं, तबसम्म बाइबल अध्ययन गरौं ।