राम्ररी गर्नु र यथासक्दो प्रयत्न गर्नु

11,386 भ्यु

संयुक्त राज्य अमेरिकाको इलिनोइ राज्यस्थित नेपरभिलमा शारीरिक शिक्षा(Physical Education)का प्रशिक्षक फिल ललरले विद्यार्थीहरूको सुस्वास्थ्यको निम्ति ‘शारीरिक शिक्षा कक्षा’को समयमा लामो समयसम्म दौडन लगाए । विद्यार्थीहरूमध्ये राम्ररी दौडने विद्यार्थीहरू पनि थिए भने राम्ररी दौडन नसक्ने विद्यार्थीहरू पनि थिए । ललरले राम्ररी दौडन नसक्ने विद्यार्थीहरूको दौडने क्षमता विकास गर्ने उद्देश्यले सुरुमा ११ वर्षीया छात्राको दौडने क्षमताको जाँच गरे । हार्ट रेट मनिटर(हृदयको गति नाप्ने उपकरण)सहित दौडिएकी उक्त छात्राको हृदयको गति १८७ थियो तर समाप्ति रेखामा पुग्दाचाहिँ २०७ थियो । त्यो देखेर ललर छक्क परे । सैद्धान्तिक हिसाबले, अधिकतम हृदयको गतिचाहिँ २२०मा सम्बन्धित व्यक्तिको उमेर घटाउँदा आउने मान हुन्छ । तसर्थ यसले उक्त छात्रा आफ्नो यथासक्दो गतिमा दौडिएकी थिइन् भन्ने बुझाउँछ । यसो हेर्दा तिनी दौडन नजान्नेजस्तो देखिन्थिन् तर वास्तवमा तिनी अरूभन्दा अझ परिश्रमसाथ दौडिएकी रहेछिन् ।

जाँचपछि ललरले विद्यार्थीहरूको हृदयको गति नापेर प्रत्येकको स्तरसँग मिल्ने गरी दौडन लगाए । यसले गर्दा विद्यार्थीहरू स्वस्थ हुनुका साथै उनीहरूको दौडने क्षमता पनि विकास भयो ।