प्रभावकारी अनुशासन

जोसन राजवंशका प्रसिद्ध प्रधानमन्त्री ह्वाङ हुईका तीन छोराहरू थिए । तीमध्ये एउटा छोराचाहिँ ठूलो समस्या थियो । ऊ घरबाट बाहिर जाँदैपिच्छे मधिरा सेवन गरेर मात्तिने र अबेर रात फर्कने गर्थ्यो । छोराको बारेमा चिन्तित ह्वाङ हुईले आफ्नो आधिकारिक पोशाक लगाएर मुख्य ढोकामा आई विनम्रतापूर्वक छोरालाई स्वागत गरे ।
“वाह, आउनुभयो !”
छक्क पर्दै छोराले बुबालाई रोक्न खोज्यो ।
“बुबा, किन यस्तो गर्दैहुनुहुन्छ ?”
ह्वाङ हुईले भने ।
“प्राचीन समयदेखि चल्दैआएको एउटा चलन छ, यदि कुनै छोराले आफ्नो बुबाको कुरा सुन्दैन भने, उसलाई परिवारको सदस्य मान्न सकिँदैन । त्यो केवल एउटा पाहुना मात्र हो, छोरा होइन । त्यसैले अहिले म मेरो घरमा आएको पाहुनालाई आदरपूर्वक स्वागत गरिरहेछु ।”
बुबाको कुरा सुनेपछि, छोराले आफ्ना गल्तीहरूको लागि गहिरो पश्चात्ताप गऱ्यो र फेरि कहिल्यै यस्तो विकृत जीवन नबिताउने प्रतिज्ञा गऱ्यो ।