परमेश्वरको मुक्ति

१ शमूएल १४:१-१५

13,252 भ्यु

पलिश्तीहरूको अथाह सैन्य शक्ति देखेर इस्राएलीहरू डरले काँपिरहेको बेला, शाऊलका छोरा जोनाथन आफ्नो हतियार बोक्ने जवान मानिससँग पलिश्तीकहाँ गए । तर तिनले यो कुरा आफ्ना पितालाई भनेनन् ।

“आऊ, हामी तिनीहरूकहाँ जाऔं । शायद परमप्रभुले हामीलाई मदत दिनुहुनेछ । हामीलाई बचाउनुदेखि कुनै कुराले उहाँलाई रोक्न सक्दैन, चाहे हामी धेरै होऔं चाहे थोरै ।”

“अघि बढ्नुहोस् । म तपाईंलाई पछ्याउनेछु ।”

“यदि ‘हामी नआउञ्जेल तिमीहरू त्यहीँ बसिरह’ भनी उनीहरूले भन्छन् भने, हामी आफू बसेकै ठाउँमा बसिरहौं र उनीहरूकहाँ नजाऔं । तर यदि उनीहरूले ‘यहाँ हामीकहाँ उक्लेर आओ’ भनेर भन्छन् भने, हामी उक्लेर जाऔं किनभने परमप्रभुले उनीहरूलाई हाम्रा हातमा सुम्पिदिनुभएको रहेछ भन्ने त्यो हाम्रा लागि एउटा चिन्ह हुनेछ ।”

जोनाथन र तिनका हतियार बोक्ने मानिस पलिश्तीहरूकहाँ देखा परेकाले, पलिश्तीहरूले भने,

“यहाँ हामीकहाँ उक्लेर आओ । हामी तिमीहरूलाई पाठ सिकाउनेछौं ।”

जोनाथनले आफ्ना हतियार बोक्नेलाई भने,

“मेरो पछि उक्लेर आऊ । परमप्रभुले उनीहरूलाई हाम्रो हातमा सुम्पिदिनुभएको रहेछ ।”

परमेश्वरको सहयोगद्वारा जोनाथन र तिनका जवान मानिसले पलिश्तीहरूका विरुद्ध लडेर विजय हासिल गरेकाले पलिश्तीहरू डरले काँप्न थाले ।

गतिलो हतियार नभएका इस्राएलीहरूको सङ्ख्या एकदमै थोरै भएकोले उनीहरू र पलिश्तीहरूको सैन्य शक्ति तुलना नै गर्न सकिँदैनथ्यो । तर परमेश्वर साथमा हुनुहुन्छ भन्ने दृढ विश्वास लिएका जोनाथनका लागि पलिश्तीहरूको सैन्य शक्ति केही पनि थिएन । जोनाथनले सिपाहीहरूको संख्यामा नभएर परमेश्वरको सहायतामा निर्भर भएमा विजय हासिल गर्न सकिन्छ भन्ने कुरामा दृढ विश्वास लिएका थिए । परिणास्वरूप उनले आफ्नो विश्वासअनुसार विजय हासिल गरे ।

स्वर्गीय सेना र शैतानको सेनाबीच हुने आत्मिक युद्धको परिणाम पनि उस्तै हो । मुक्तिको कार्य केवल परमेश्वरमा निर्भर हुन्छ भन्ने कुरा विश्वास गऱ्यो भने कुनै पनि खराब परिस्थिति बाधा बन्न सक्दैन । परमेश्वरमा भर पर्दै असम्भव परिस्थितिमा पनि सम्भावना देख्ने विश्वास लियो भने शैतानको शक्तिलाई समेत पराजित गर्न सकिन्छ ।