भाषा चयन गर्नुहोस् ।

Close

असल मानिस

8,754 भ्यु

मृत्युको व्यापारीको निधन

योचाहिँ सन् १८८८ मा फ्रान्सको एउटा समाचारपत्रले डायनामाइटका स्विडेनी आविष्कारक अल्फ्रेड नोबेलको निधनको खबर छाप्दा प्रयोग गरेको शीर्षक थियो । यद्यपि त्यो समाचार गलत थियो । वास्तवमा, मर्ने व्यक्तिचाहिँ अल्फ्रेड नोबेल नभएर उनका दाजु लुडविग नोबेल थिए । अल्फ्रेड नोबेल आफू जीवितै भए पनि आफ्नो मृत्युको खबर छापिएको देख्दा स्तब्ध त भए नै, तर उनलाई ‘मृत्युको व्यापारी’ भनिएकोले उनी झन् बढी निराश भए । किनभने उनले संसारको नजरमा आफ्नो छवि कस्तो रहेछ भन्ने कुरा महसुस गरे । भन्ने गरिन्छ, कि यहीँ घटनाबाट विचलित भएका नोबेलले नोबल पुरस्कारको स्थापना गरे ।

एउटा भनाइ छ, मानिसको वास्तविक चरित्र उसको मृत्युपछि छर्लङ्ग हुन्छ । तर मृत्युअघि अर्थात् कसैले कम्पनी छोड्दा वा समुदाय छोड्दा पनि उसको चरित्र थाहा पाउन सकिन्छ । उनीहरूको बिदाइमा अरूले देखाउने प्रतिक्रियाले उनीहरू कस्ता व्यक्ति थिए भन्ने कुरा बताउँछ ।

सबैले एक असल मानिसको रूपमा स्मरणीय बन्ने इच्छा राख्छन् । यो इच्छालाई वास्तविकतामा परिवर्तन गर्न सत्कर्म गर्दै दयालु बन्नुपर्छ र असल व्यक्तिको रूपमा आफूलाई उभ्याउनको निम्ति प्रयास गर्नुपर्छ ।