दैनिक जीवनमा अवसरहरू

14,809 भ्यु
लेख सुन्नुहोस् 3:29

भनिन्छ कि, “अवसरको अगाडि लामो कपाल हुने भएकोले सजिलै समात्न सकिन्छ तर यसलाई देख्न गाह्रो हुने भएकोले प्रायः गुमाउन पुगिन्छ । त्यसै गरी यसको पछाडि कपाल हुँदैन । त्यसैले एक चोटि आएर गएपछि फेरि यसलाई समात्न सकिँदैन । यसको काँध र खुट्टामा पखेटा हुने भएकोले यो तुरुन्तै गइहाल्छ ।”

त्यसैले मानिसहरूले भन्ने गर्छन्, कि अवसरलाई ठीक समयमा पक्रनुपर्छ । यद्यपि ‘यो नै अवसर हो !’ भनेर सोच्ने समय हाम्रो जीवनमा कति पटक आउँछ होला ? यो नै सुनौलो अवसर हो भनेर पहिलो झल्कोमै पहिचान गऱ्यो भने कसैले पनि अवसरलाई गुमाउने मूर्खपूर्ण कार्य गर्नेछैन ।

अवसर हाम्रो दैनिक जीवनमा आउँछ, र समयजस्तै बगेर जान्छ । जापानी उद्योगपति इचिजो कोबायासीले भनेका छन्, “यदि तपाईंले जुत्ता मिलाउने कामको जिम्मा पाउनुभयो भने, संसारकै उत्कृष्ट जुत्ता मिलाउने व्यक्ति बन्नुहोस् । त्यसपछि संसारले तपाईंलाई केवल एउटा जुत्ता मिलाउने व्यक्ति मात्र बनेर बस्न दिनेछैन ।”

हरेक क्षण आफ्नो कर्तव्यमा इमानदार भई लागिपर्ने व्यक्ति नै अवसरलाई पक्रने व्यक्ति हो । कतै तपाईंले एउटा विशेष अवसरको लागि दैनिक जीवनमा आउने अरू अवसरहरूलाई गुमाउँदै अवसर नै पाएको छैन भन्दै गनगन त गरिरहनुभएको छैन ?

दैनिक जीवनमा अवसरहरू

3:29
0:00 3:29

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।