विश्वासको खेल

16,039 भ्यु
लेख सुन्नुहोस् 3:43

अधिकांश खेलकुद प्रतियोगिताहरूमा, अन्तिम सीटी नबजुञ्जेल जित वा हारको निर्धारण गर्न गाह्रो हुन्छ । सुरुमा राम्रो खेल खेले तापनि दृढताको कमीले अन्तमा हार्ने अवस्था हुन सक्छ । तर यसको ठीक विपरीत, प्रबल इच्छाशक्ति र एकग्रताका साथ खेल खेल्दा हार्ने सम्भावना भएको टोलीले समेत जित्न सक्छ । सामान्यतया खेल प्रेमीहरूले सम्झिरहने प्रभावकारी क्षणहरू प्रायः खेलको अन्त्यमै प्रकट गरिन्छ ।

बाइबलको अगमवाणी पूरा हुने संघारमा खेलिने विश्वासको खेल पनि उस्तै नै हो । अहिलेसम्म राम्रो गरे तापनि थोरै मात्र ध्यान भड्कियो भने जित हातबाट फुत्किन सक्छ । तर यसको विपरीत, अन्त्यसम्म प्रयत्न गर्दा उत्कृष्ट नतिजा हात पार्न सकिन्छ ।

अहिलेसम्म जस्तोसुकै गरेको भए पनि महत्त्वपूर्ण कुराचाहिँ अब के गरिन्छ भन्ने नै हो । खेलाडिले कोचको निर्देशनलाई पछ्याएर खेल खेल्दा अन्त्यलाई रोचक बनाउँदै जित हासिल गर्न सकेजस्तै हामीले पनि हाम्रो आत्माको कोच हुनुभएका परमेश्वरको शिक्षालाई पछ्याउँदै अन्त्यसम्म प्रयास गर्नुपर्छ । तब मात्र परमेश्वरले तयार गर्नुभएको जीवनको मुकुट प्राप्त गर्न सकिन्छ ।

“के तिमीहरूलाई थाहा छैन, दौडमा दगुर्नेहरू सबै दगुर्छन्, तर इनामचाहिँ एउटैले मात्र पाउँछ ? तिमीहरू इनाम प्राप्त गर्ने किसिमले दौड ।” १ कोरिन्थी ९:२४-२५

विश्वासको खेल

3:43
0:00 3:43

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।