बोलावट

12,807 भ्यु
लेख सुन्नुहोस् 4:25

संयुक्त राज्य अमेरिकाको एउटा विश्वविद्यालयले एउटै उद्योगमा कार्यरत व्यक्तिहरूको पेसा र खुसीबीचको अन्तरसम्बन्धमा आधारित भएर एउटा अध्ययन गऱ्यो । उक्त अध्ययनमा कर्मचारीहरूलाई दुई वर्गमा वर्गीकरण गरियो, एउटा आफ्नो कामलाई ‘जीवनको उद्देश्य’ मान्नेहरू र अर्को चाहिँ यसलाई केवल एउटा ‘जीविकोपार्जनको माध्यम’ ठान्नेहरू । यी दुईबीच ठूलो भिन्नता देखियो । केवल बाँच्नका लागि मात्र काम गर्नेहरूले आफ्नो जागिरमा कुनै विशेष अर्थ भेट्टाएनन् । तर आफ्नो कामलाई उद्देश्य मान्नेहरूमा भने कामप्रति ठूलो उत्साह र आत्मविश्वास थियो, किनभने उनीहरूले आफू संसारलाई आवश्यक पर्ने काम गरिरहेको विश्वास गर्थे ।

प्रेरित पावलले कैदमा पर्ने, कुटाइ खाने, लुटिने, भोकै रहनेजस्ता विभिन्न कठिनाइहरूको सामना गर्नुपरे पनि सुसमाचारको कार्य खुसीसाथ गरे । त्योचाहिँ तिनले परमेश्वरको बोलावट पाएर संसारकै सबैभन्दा महत्त्वपूर्ण कार्य गरिरहेको वास्तविकतालाई महसुस गरेकोले थियो । हामीहरू पनि ७ अरब मानव-जातिलाई मुक्तिको सत्यता सुनाउनको निम्ति परमेश्वरबाट बोलावट पाएका मानिसहरू हौं । हामीहरू जस्तोसुकै कठिनाइबाट गुज्रनुपरे पनि त्यसलाई एक आत्मा बचाउने खुसी र इनामसँग तुलना नै गर्न सकिँदैन । हामीलाई संसारको सबैभन्दा अद्भुत चीज अर्थात् जीवनको मुकुट दिइएको छ ।

“तर म आफ्नो जीवनलाई कुनै मोलको र आफ्नो निम्ति प्रिय ठान्दिनँ । यति मात्र चाहन्छु, कि परमेश्वरका अनुग्रहको सुसमाचारको गवाही दिनलाई मेरो दौड र प्रभु येशूबाट मिलेको मेरो सेवकाइ म पूरा गर्न सकूँ ।” प्रे २०:२४

बोलावट

4:25
0:00 4:25

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।