बोली

16,746 भ्यु
लेख सुन्नुहोस् 3:08

“तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस् ।” एफि ४:२९

“नूनले स्वादिलो पारेजस्तो तिमीहरूको बोलीवचन सधैँ कृपालु होस्, …” कल ४:६

बाइबलमा हाम्रो बोलीवचनसम्बन्धी धेरै पदहरू छन् । तीमध्ये अधिकांश बाइबलका पदहरूमा सुन्नेहरूलाई अनुग्रह मिल्ने बोली बोल्नुपर्छ भनेर शिक्षा दिइएको छ ।

बोलीचाहिँ आशिष्‌ वा नैराश्यताको बीउ हुन सक्छ । बोली राम्रो हुँदा आशिषित जीवन जिउन सकिन्छ भने बोली गलत हुँदा जीवन बर्बाद पनि हुन सक्छ । समाचारमा आउने विभिन्न घटना र दुर्घटनाहरूको कारणबारे अनुसन्धान गर्दा, अधिकांश घटनाहरू बोलीको कारणले उत्पन्न भएको देखिन्छ ।

सुन्दा अनुग्रह नमिल्ने बोलीभन्दा स्वर्गको आशा दिलाउने, विश्वासलाई दृढ बनाउने सहानुभूति र प्रोत्साहनका बोलीहरू बोलौं । केवल एउटा बोलीले मरिरहेको आत्मालाई बचाउन सक्छ । आफू स्वयम्‌लाई पनि बचाउन सक्छ ।

“मीठा वचनहरू महका चाकाहरूजस्तै हुन्, जसले प्राणलाई मिठास दिन्छ, र हड्डीहरू निको पार्छ ।” हितो १६:२४

बोली

3:08
0:00 3:08

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।