खुसी

18,837 भ्यु
लेख सुन्नुहोस् 4:00

संसारमा खुसीको बारेमा विभिन्न अनुसन्धानका नतिजाहरू छन् । अनुसन्धानको अवधि र व्यक्तिहरू फरक-फरक छन्, र सर्वेक्षण गर्ने तरिकाहरू पनि फरक छन्, तर अचम्मको कुरा सबै नतिजाहरू उस्तै छन् ।

अनुसन्धानका अनुसार भौतिक सुखसुविधाबाट प्राप्त हुने खुसी तबसम्म मात्र रहन्छ, जबसम्म पेट पाल्ने चिन्ता हुँदैन । बाँच्नका लागि आवश्यक आधारभूत कुराहरू एक चोटि सुनिश्चित भएपछि, सुरुमा महसुस भएको खुसी हराएर जान्छ र आम्दानी बढे पनि खुसीको स्तर एउटै ठाउँमा रोकिन्छ । राष्ट्रिय आम्दानी कम भएका मुलुकका नागरिकहरूको खुसीको सूचकाङ्क बढी हुनुको कारण पनि यही नै हो ।

खुसीको मापदण्ड व्यक्तिअनुसार फरक हुने भएकाले यसलाई ‘यही नै हो’ भनेर एकै शब्दमा परिभाषित गर्न गाह्रो छ । तर खुसी रहने मानिसहरूमा एउटा कुरा समान हुन्छ । उनीहरू आत्मविश्वासले भरिएका हुन्छन्, उनीहरूको जीवनको लक्ष्य स्पष्ट हुन्छ र उनीहरूले प्रत्येक दिनलाई अर्थपूर्ण बनाउन कडा मिहिनेत गर्छन् ।

एलोहिम परमेश्वरलाई ग्रहण गर्ने एलोहिष्टहरूले सधैँ खुसीको कुरा गर्छन् । उनीहरूमा मुक्ति पाउने पक्का विश्वास भएकोले उनीहरू सधैँ आत्मविश्वासका साथ मुस्कुराउँछन् । जीवनको लक्ष्य थाहा पाएकाले उनीहरू कहिल्यै हिचकिचाउँदैनन् । तर प्रत्येक दिन संसारका मानिसहरूलाई मुक्तिको सुसमाचार प्रवाह गरेर अर्थपूर्ण जीवन बिताउँछन् । त्यसैले एलोहिष्टहरू स्वभाविक रूपमा सधैँ खुसी देखिन्छन् । 

खुसी

4:00
0:00 4:00

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।