त्याग्नुपर्ने बोलीवचनका बानीहरू

सबै मानिसहरू, अरूले आफ्नो कुरा ध्यान दिएर सुनिदेऊन् भन्ने चाहन्छन् । उनीहरू मन खुसी हुने कुरा गर्न रुचाउँछन् । ध्वनि विशेषज्ञ जुलियन ट्रेजर(Julian Treasure) भन्छन् कि, यदि हामी अरूले हाम्रो कुरा सुनिदेऊन् भन्ने चाहन्छौं भने हामीले सात वटा खराब बानी हटाउनुपर्छ ।
पहिलो खराब बानी ‘कुरा काट्नु’ हो । अनुपस्थित व्यक्तिको बारेमा कुरा काट्दा अरूले पनि आफ्नो कुरा काट्न सक्छन् भन्ने कुरा सधैँ याद गर्नुपर्छ । दोस्रोचाहिँ ‘अरूको मूल्याङ्कन वा आलोचना गर्नु’ हो । यदि अरूहरूले आफ्नो मापदण्डको आधारमा तपाईंको मूल्याङ्कन गर्छन् भने तपाईंलाई कस्तो लाग्छ ? तेस्रो ‘नकारात्मक हुनु’ हो । नकारात्मक बोलीले अरूलाई सुन्नसमेत गाह्रो बनाउँछ । चौथो ‘गनगन गर्नु’ हो । गनगनले जीवनलाई कष्टकर बनाउँछ । पाँचौँचाहिँ ‘बहाना’ बनाउनु हो । सबै कुरा अरूलाई दोष दिने र जिम्मेवारीबाट पन्छिन चाहने मानिससँग कोही पनि बोल्न चाहँदैनन् । छैटौँचाहिँ ‘कुरा बढाएर भन्नु’ हो । कुनै कुरालाई बढाइचढाइ भन्नु पनि एक प्रकारको झूट हो । सातौँचाहिँ ‘हठी हुनु’ हो । आफ्नो विचार मात्र सत्य हो भनी प्रस्तुत गर्दा अरू मानिसलाई त्यो कुरा सन्न गाह्रो हुन सक्छ ।
मानिसहरूले इमानदार, विश्वस्नीय, सत्यनिष्ठ र प्रेम जस्ता अरूको भलाई हुने कुराहरू सुन्न चाहन्छन् । इमानदार हुनको लागि सधैँ हक्की स्वभाव लिन आवश्यक छैन । तर प्रेम र विचारशीलतालाई प्रार्थमिकता दिन आवश्यक छ ।